काठमाडौं । मनकामना स्मार्ट लुघवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीको कात्तिक १६ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १७ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट असार मसान्तसम्म कायम कुल चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ कात्तिक १६ मंगलवार १०:५६ मा प्रकाशित