back
NMB ad

५ बैंकमा झुम्मिए लगानीकर्ता, आज कुन बैंकको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार वृद्धि भएको छ । उक्त दिन बजार दोहोरो अंकले बढको हो ।

२३.७६ अंकले बजार वृद्धि भएको उक्त दिन परिसुचक पनि २८४३.६२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बजार वृद्धि भएता पनि कारोबार रकम भने घटेको छ ।

मंगलबार ६ अर्ब ७ करोड ३७ लाख १६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकिङ, लगानी र ब्यापार समूह घटेको छ ।

उक्त दिन सबैभन्दा बढी महालक्ष्मी विकस बैंकको कारोबार भएको छ । आज बैंकको ४६ करोड ९७ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । आज बैंकको ६ लाख ५१ हजार ९७६ कित्ता सेयर खरिदबिक्री भएको हो ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको कामना सेवा विकास बैंकको २२ करोड १६ लाख ८० हजार रुपैयाँ बराबरको ३ लाख ३० हजार ७२८ कित्ता सेयर बिक्री भएको छ ।

उक्त दिन नबिल बैंकमा पनि लगानीकर्ता झुम्मिएका छन् । आज बैंकको २१ करोड १७ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकको १ लाख ३१ हजार ६५९ कित्ता सेयर किनबेच भएको हो ।

यस्तै, आज लुम्बिनी विकास बैंक र ज्योति विकास बैंकको पनि सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन यी दुवै बैंकको २० करोड भन्दा बढीको सेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज लुम्बिनी विकास बैंकको २० करोड ७४ लाख ६९ हजार रुपैयाँ बराबरको ३ लाख २३ हजार १६३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

ज्योति विकास बैंकको पनि २० करोड ६० लाख ३९ हजार रुपैयाँ बराबरको ३ लाख ५४ हजार ८१३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार १५:३१ मा प्रकाशित

You can share this post!

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा...

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:४३

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १०...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार १०:५२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउमा गिरावट आएको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...