back
NMB ad

२८२ प्रतिशतले बढ्यो सिभिल लघुवित्तको नाफा: खराब कर्जा पनि घट्यो, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको असोज मसान्तसम्म १ करोड ५५ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन गत वर्षको सोही अवधिमो तुलनामा २८२.८२ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले ४० लाख ६९ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५ करोड २१ लाख ८० हजार रुपैयाँ नाफा रहेको छ । गत वर्षको असोज मसान्तको तुलनामा भने खुद ब्याज आम्दानी १२६.०८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ करोड ३६ लाख ७७ हजार रुपैयाँ थियो ।

कम्पनीको चुक्ता पुँजी २४ करोड २१ लाख २१ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १३ करोड २० लाख ८७ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि घटाएको छ । गत वर्षको असोज मसान्तमा ३.५४ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने १.८८ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २५.७३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५३.२० रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ कात्तिक १७ बुधवार ०९:१९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...