back
NMB ad

छठ पर्वका लागि सिंगारिए भैरहवाका पोखरी

Kumari bank ad

बुटवल । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिइ मनाइने छठ पर्वका लागि भैरहवाका छठ पोखरीहरू सिंगारिएका छन् । छठ पूजाका लागि सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री काली भक्ति गण (ई) (भैरहवा ब्यारेक, रुपन्देही) र सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरी सिंगारेर पूजाका लागि तयारी अवस्थामा राखिएको हो ।

पोखरीमा सरसफाई तथा रंगरोगन गरी आकर्षक बनाइएको छ । राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्रप्रसाद रौनियारले छठ पर्वको ठूलो महत्व रहेको भन्दै पूजाको सबै तयारी लगभग सकिएको बताए । परिवारमा सुख, शान्ति प्राप्त हुने विश्वासका साथ तराई क्षेत्रमा छठ पर्व विशेष रुपमा मनाउने गरिन्छ । अहिले यो पर्व क्रमशः महाडी क्षेत्रमा बसोबास गर्ने गैरमधेशी समुदायले पनि मनाउँन थालेका छन् । मन्दिर सेवा समितिले पूजाका लागि दुई वटा पोखरी सरसफाई र मञ्च व्यवस्थापन सम्पन्न गरिसकेको छ । बुधबार दिउँसो ४ बजेदेखि राति १२ बजेसम्म छठ पूजाको महत्व बुझाउँदै भजनकिर्तनको आयोजना गरिने रौनियारले बताए । पाँच वर्षदेखि यो पोखरीमा छठ पूजा हुँदै आएको छ ।

छठ पर्व मनाउन श्री कालीभक्ति गण (ई) भैरहवा ब्यारेकभित्र पनि तयारी अन्तिम अवस्थामा पुगेको छ । यहाँ ६० वर्षदेखि छठ पूजा हुँदै आएको छठ पूजा समारोह समिति सिद्धार्थनगर–५ का कार्यक्रम संयोजक आनन्दप्रसाद गुप्ताले बताए । छठ पूजाका लागि नेपाली सेनाको सहयोगमा पोखरी सरसफाइ, रंगरोगनलगायतका काम गरिएको छ । कार्यक्रम संयोजक गुप्ताले वर्षेनी छठ पूजास्थलमा भक्तजनहरूको संख्या बढ्दै गएको बताए । पूजाका लागि पोखरीको छेउमा दुई हजार एक सय वेदी बनाएको र ३५–४० हजार भक्तजन आउने अनुमान गरेको गुप्ताले जानकारी दिए ।

भक्तजनको संख्या वर्षेनी बढ्दै गएपछि अर्को वर्षदेखि छठ पोखरी थप्ने तयारी समेत भएको छ । मनकामना पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनहरू छठ पूजामा सहभागी हुन आउने गुप्ताले बताए । सरकारले सार्वजनिक बिदा समेत दिएको हुँदा यस पर्वको महत्व व्यापक भएको मधेशी समुदायको भनाइ छ । कालीभक्ति गणमा हुने पूजा कार्यक्रममा गृहमन्त्री बालकृष्ण खांण समेत सहभागी हुने छठ पूजा समारोह व्यवस्थापन समिति सिद्धार्थनगर–५ ले जनाएको छ ।

त्यस्तैँ, ओमसतिया गाउँपालिका–४ स्थित बालापुरमा पनि छठपूजाका लागि तयारी गरिएको छ । हनुमान मन्दिर युवा क्लब ओमसतिया–४ बालापुरको व्यवस्थापनमा डण्डा नदीको छेउमा पूजा हुने भएको छ । चार वर्षदेखि डण्डा नदीको किनारमा छठ पूजा हुँदै आएको क्लबका अध्यक्ष उदयकुमार गर्गले बताए ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १४:०५ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...