back
NMB ad

पहिलो त्रैमासमा विकास बैंकको नाफाः मुक्तिनाथ र महालक्ष्मी अब्बल, नोक्सानीमा तीन बैंक, कुनको कति ?

Kumari bank ad

काठमाडौं । संचालनमा रहेकामध्ये १६ विकास बैंकले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

यीमध्ये १३ कम्पनीको नाफा गरेका छन् भने ३ कम्पनीका नोक्सानीमा देखिएका छन् । चालु आवको असोज मसान्तसम्म १३ कम्पनीले १ अर्ब ६३ करोड ७२ लाख १९ हजार रुपैयाँ नाफा गरेका छन् ।

नाफा धेरै कमाउनेमा मुक्तिनाथ विकास बैंक पहिलो स्थानमा छ । बैंकले चालु आवको पहिलो त्रैमासमा ३४ करोड ५५ लाख ८७ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने १७.४८ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा बैंकले २९ करोड ४१ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

दोस्रो स्थानमा रहेको महालक्ष्मी विकास बैंकले चालु आवको पहिलो त्रैमासमा २३ करोड ५ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा ४४.२८ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा बैंकले १५ करोड ९७ लाख ८० हजार रुपैयाँ नाफा गरेको थियो ।

यस्तै, गत वर्षको असोज मसान्तको तुलनामा ६५.६४ प्रतिशतले नाफा बढाएको ज्योति विकास बैंकले यस वर्षको सोही अवधिमा भने २१ करोड ७८ लाख ५६ हजार र ९० प्रतिशतले नाफा बढाएको लुम्बिनी विकास बैंकले २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ कमाएका छन् ।

उक्त अवधिमा सबैभन्दा कम ग्रीन डेभलपमेन्ट बैंकको रहेको छ । बैंकले चालु आवको असोज मसामन्तमा ६ लाख १६ रुपैयाँ मात्रै नाफा कमाएको छ । गत वर्ष ९४ लाख ३७ हजार रुपैयाँ नोक्सानीमा रहेको बैंकले यस वर्षको उक्त अवधिमा भने १०६.५३ प्रतिशतले नाफा बढाएको हो ।

चालु आवको असोज मसान्तमा तीन विकास बैंक नोक्सानीमा देखिएका छन् । जसमध्ये सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक ११ करोड १ लाख १७ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।

यस्तै, सिन्धु विकास बैंक ६६ लाख ६९ हजार र नारायणी डेभलपमेन्ट बैंक ९ लाख ११ हजार रुपैयाँ नोक्सानीमा देखिएका छन् ।

उक्त अवधिमा गरिमा विकास बैंकले १८ करोड ४४ लाख १९ हजार, कामना सेवा विकास बैंकले १७ करोड ५७ लाख ४७ हजार, शाइन रेसुङ्गाले १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५ करोड ४४ लााख ३१ हजार, मितेरी डेभलपमेन्टको २ करोड ५३ लाख ४२ हजार, कर्णाली डेभलपमेन्टको २ करोड २७ लाख ६ हजार, एक्सेल डेभलपमेन्टको १ करोड ८२ लाख ९९ हजार र कर्पोरेट डेभलपमेन्ट बैंकको ११ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

कुनको कति ?

 

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १७:०४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...