back
NMB ad

पार्टी चलाउन मसँग प्रशस्त अनुभव छ : प्रकाशमान सिंह

Kumari bank ad

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनुपर्ने बताएका छन् ।

मंगलबार पोखरामा नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई १४औं महाधिवेशन पछि पार्टी तल्लो तहदेखि नेतृत्व तहसम्म मजबुत बनाउनुपर्ने बताएका हुन् । मौका पाउँदा पनि गर्ने नसक्नेलाई पदमा राखिराख्न नहुने उनको भनाइ थियो ।

साथै नेता सिंहले जिल्ला सभापति हुँदा काठमाडौंलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गरे । मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफूमा रहेको उनको भनाइ छ । ‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ । पार्टी चलाउँन क्षमता चाहिन्छ,’ उनले भने, ‘साधारण पार्टी कार्यकर्ताबाट अहिलेको अवस्थासम्म आएको हुँ, पार्टी चलाउन प्रशस्त अनुभव छ ।’

यस्तै नेतृत्वको कारण गर्दा कम्युनिस्टहरुले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि काँग्रेसले जनमत पाउन नसकेको उनले बताए । निर्वाचन पछि कांग्रेस कमजोर हुँदा कम्युनिस्टहरुले मौका पाए र संविधानमाथि प्रहार गरेको भन्दै उनले प्राप्त उपलब्धी संस्थागत गर्नको लागि कांग्रेस मजबुत हुनुपर्ने बताए । कांग्रेस मजबुत हुनको लागि नेतृत्व परिवर्तन आवश्यक रहेको उनको तर्क छ ।

उनले जनताको माग नेतृत्व परिवर्तन भएको र नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने बताए । मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिन नहुने उनको धारणा थियो ।

‘शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा कुनै गुनासो छैन । तर जनताको माग नेतृत्व परिवर्तन हो । नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ, उनले भने, ‘मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पिन हुँदैन ।’

साथै उनले लोकतान्त्रिक पार्टीभित्र पनि कार्यकर्ताले अन्याय भएको गुनासो गरेको बताउँदै पार्टीभित्र सबैको सम्मान हुनुपर्नेमा जोड दिए । उनले पार्टीलाई विधिसम्मत तरिकाले अगाडि बढाउनु पर्ने भन्दै विधि र प्रक्रियाको लागि आफूले सधै पार्टीभित्र आवाज उठाउँदै आएको बताए ।

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १६:३७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...