back
NMB ad

कृषि नीतिमा स्थानीय उत्पादनलाई प्राथिमिकता दिनुपर्छ : प्रमुख खुलाल

Kumari bank ad

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कृषि नीति बनाउँदा किसानका आवश्यक्तालाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।

प्रादेशिक कृषि विकास रणनीति सम्बन्धी बुधबार हेटौंडामा आयोजित जिल्लास्तरीय अन्तरकृया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख खुलालले प्रादेशिक रणनीति बनाउँदा क्षेत्र निर्धारण गरेर किसानका समस्या समाधान हुने र कार्यान्वयन गर्न सकिने योजना बनाउन सुझाव दिनुभयो ।

उहाँले रणनीति योजना बनाउँदा कृषकका आवश्यकक्तालाई ध्यानमा राखेर स्थानीय कुरालाई प्राथिमिकिकरण गर्नुपर्ने बताउनुभएको छ । कृषि क्षेत्रमा रहेका कानुनी लगायत विभन्न समस्या समाधान हुने साथै कृषकको प्रत्यक्ष सरोकार हुने तथा स्थानीय स्तरमा कार्यान्वयन गर्न सकिने खालको योजना बन्नुपर्ने उहाँको भनाई थियो ।

बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा प्रादेशिक कृषि विकास रणनीति तर्जुमा प्रकृयालाई सहभागितामूलक बनाई सम्बन्धीत सरोकारवालाहरुको अपनत्व तथा आवश्यक समन्वय कायम गर्नुका साथै प्रादेशिक कृषि विकास रणनीति तर्जुमा प्रकृया र यसको ढाँचा, जिल्लाका विभिन्न पालिकाहरुमा प्राथमिक्ता भएका बाली बस्तुहरुको पहिचान र विश्लेषण, जिल्लाका विभिन्न पालिकाहरुमा कृषि तथा पशुपंक्षी क्षेत्रको सम्भमवना र सबल पक्षहरुका साथै कमजोरी र सुधार गर्नुपर्ने पक्षहरुको बिश्लेषण साथै प्रादेशिक कृषि विकास रणनीतिमा समावेश गर्नुपर्ने सुझाव समेत संकलन गर्ने उदेश्यका साथ उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रादेशिक कृषि विकास रणनीतिका बारेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन महाशाका प्रमुख राजन ढकाल, र प्रादेशिक कृषि विकास रणनीति र कृषि विकास रणनीतिका बारेमा डा रामचन्द्र बास्ताकोटी र गणेश कुमार श्रेष्ठले प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मनत्रालयका सचिव डा शरणकुमार पाण्डे, मकवानपुरका स्थानीय तहका प्रमुख/उपप्रमुख तथा कृषि विकास शाखाका प्रतिनिधिलगायत प्रदेशका कृषि विकास निर्देशनालय, मत्स्य विकास निर्देशनालय, कृषि ज्ञानकेन्द्रका प्रमुख एवम् प्रतिनिधि तथा विभिन्न सरमेकारवालाहरुको सहभागिता थियो ।

वि.सं.२०७८ मंसिर १ बुधवार २०:२१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...