back
NMB ad

लमजुङ कांग्रेस सभापतिमा दुई पक्षीय भिडन्त

Kumari bank ad

लमजुङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार जिल्ला अधिवेशन हुँदै छ । जिल्ला अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका टंकराज गुरुङ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका गमप्रसाद गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । टंकराज गुरुङको टिमबाट उपभापतिका लागि लोकनाथ घिमिरे र श्रीकान्त घिमिरेले उम्मेदवारी दिएका छन भने गमप्रसाद गुरुङको टिमबाट आनन्द घिमिरे र खड्गबहादुर गुरुङले उम्मेदवारी दिएका छन ।

टंकराजको टिमबाट सचिवमा नविनचन्द्र घिमिरे र कृष्णबहादुर अधिकारीले उम्मेदवारी दिएका छन् । गमप्रसादको टिमबाट विमल श्रेष्ठ र राजकुमार पाण्डेले सचिव पदमा उम्मेदवारी दिएका छन् । उपसचिवमा टकराजको टिमबाट मदनसिंह घिमिरे र विश्व पौडेलले उम्मेदवारी दिएका छन । गमप्रसाद समूहबाट सूर्यकला बराल (कोइराला) र नरबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको जिल्ला अधिवेशनबाट सभापति एक, उपसभाति दुई, सचिव दुई, सहसचिव दुई, सदस्यहरू गाउँपालिकाबाट एक महिलासहित दुई जना, प्रत्येक नगरपालिकाबाट एक महिलासहित तीन जना निर्वाचित हुने नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताए ।

यस्तै समानुपातिक सदस्यहरू आदिवासी जनजाति महिला तीन, आदिवासी जनजाति खुला चार, खस आर्य महिला दुई, खस आर्य खुला दुई, दलित महिला एक, दलित खुलाबाट एक जना निर्वाचित हुने कांग्रेस जिल्ला निर्वाचन अधिकृत दवाडीले बताए ।

यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ प्रत्यक्ष खुला १०, प्रत्यक्ष महिलातर्फ चार, खस आर्य महिला एक, खस आर्य खुला दुई, आदिवासी जनजाति महिला दुई, आदिवासी जनजाति खुला तीन, दलित महिला एक, दलित खुला एक, अपांगता भएका व्यक्ति एक, मधेसी वा थारू वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता भएका एक जना निर्वाचित हुनेछन् ।

वि.सं.२०७८ मंसिर ६ सोमवार ११:२४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...