back
NMB ad

गुल्मी क्षेत्र नं‍. १ को सभापतिमा ढकाल र २ मा महत निर्वाचित

Kumari bank ad

गुल्मी । नेपाली कांग्रेस गुल्मीको क्षेत्रीय अधिवेशन सकिएको छ । दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं‍. १ को सभापतिमा पारिश्वर ढकाल निर्वाचित भएका छन् । ढकालले निकटतम प्रतिस्पर्धी मुक्ति कंडेललाई ठूलो मतान्तरले पराजित गरेका छन् । निर्वाचनमा कुल खसेको ९३२ मतमा ढकालले ६२७ मत प्राप्त गरे । क‌ंडेलले जम्मा २६५ मत प्राप्त गरेका हुन् । त्यस्तै माधवप्रसाद ढकाल र मार्काण्ड भण्डारी सचिव पदमा निर्वाचित भएका छन् ।

ढकालले ४६१ र भण्डारीले ४२३ मत प्राप्त गरे । सचिव पदनमा निकटतम प्रतिस्पर्धी घनश्याम न्यौपानेले ४१३ र कमल भुसालले २८९ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र नम्बर १ कै सहसचिवमा मधुसुदन ज्ञवालीले ४४९ र डिल्लीराज पाण्डेले ३९० मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा चन्द्रबहादुर महत सर्वसम्मत निर्वाचित भएका छन् ।

सभापतिमा महत र शिव केसीले उमेद्वारीको घोषणा गरेका थिए । सभापति र सहसचिवबाहेकका पदमा भने निर्वाचन भएको थियो । सचिवमा लालमणि भण्डारी र अनिल बस्नेत निर्वाचित भएका छन् । भण्डारीले ४५८ र बस्नेतले २९३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक भिम न्यौपानेले जानकारी दिए । सचिव पदका निकटतम प्रतिस्पर्धी रेशम कुँवरले २९१ र भिमबहादुर पाण्डेले २८५ मत प्राप्त गरेका थिए ।

सहसचिवमा कृष्णप्रसाद पाण्डे र अर्जुन गिरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै खुल्ला सदस्यमा कमल कुँवर, रामप्रसाद घिमिरे र विष्णुप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १२:१७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...