back
NMB ad

महिला राष्ट्रिय फुटबल टोलीका ६ सहित ४० खेलाडी यू-१९ प्रशिक्षणमा

Kumari bank ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला यू-१९ साफ च्याम्पियनसिपका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।

एन्फाले सोमबारबाट सुरु भएको प्रशिक्षणमा गत ‘उपमेयर कप राष्ट्रिय महिला लिग छनोट’ खेलेका उत्कृष्ट ४० खेलाडीलाई पहिलो चरणको प्रशिक्षणमा बोलाएको हो ।

एन्फाले बंगलादेशमा आयोजना हुने यू-१९ साफ च्याम्पियनसिपका लागि हरिओम श्रेष्ठलाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । प्रशिक्षक हरि ओमले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा ६ खेलाडी राष्ट्रिय महिला टोलीका सदस्य छन् ।

घोषित टोलीमा अन्जना राना मगर, विमला विक, प्रीतिकुलुङ राई, सविता राना मगर, रजनी थोकर र रश्मिकुमारी घिसिङ राष्ट्रिय टोलीका सदस्य हुन् । ६ खेलाडीले गत वर्ष भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिप खेलेका थिए ।

अन्जनाबाहेक अन्यले दशरथ रंगशालामा साउनमा भएको दुई मैत्रीपूर्ण खेल क्रममा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए ।

यस्तै सुष्मा तामाङ, रोजिना श्रेष्ठ, सलोनी राना मगर, रेनुका हमाल, मेनुका आले मगर, अमिशा कार्कीले यसअघि नै यू-१८ साफ च्याम्पियनसिप खेलेका थिए । मुख्य प्रशिक्षकमा हरिओम रहँदा सहायक प्रशिक्षकमा गंगा गुरुङले जिम्मेवारी पाएकी छन् भने गोलरक्षक प्रशिक्षकमा प्रकाश वैद्य छन् ।

ढाकामा हुने साफ ११ देखि २२ डिसेम्बरसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, आयोजक बंगलादेश, श्रीलंका र भुटानको सहभागिता हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा ११ डिसेम्बर आयोजक बंगलादेशको सामना गर्नेछ । दोस्रो खेल १५ डिसेम्बरमा श्रीलंकासँग खेल्दा १७ डिसेम्बरमा भुटानविरुद्ध खेल्नेछ । नेपालले सिंगल राउन्ड रोबिनको अन्तिम तथा चौथो खेलमा भारतसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १२:४१ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...