back
NMB ad

राष्ट्र बैंक सर्वेक्षण भन्छ; ठूलो उद्योगधन्दाहरु पुर्ण रुपमा सन्चालन

Kumari bank ad

काठमाडौ । कोभिडका कारण सन्चालनमा आउन नसकेका ठूला उद्योगहरु कात्तिक मसान्तसम्ममा सवै सन्चालनमा आइसकेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको तेस्रो पुनराबृत्ति सर्वेक्षण अनुसार बन्द भएका सम्पुर्ण ठूला उद्योगहरु पुर्णरुपमा सन्चालनमा आइसकेका हुन् ।

अध्ययन अनुसार कात्तिक मसान्तसम्ममा ९०.९ प्रतिशत ठूला उद्योगहरु पुर्ण रुपमा सन्चालनमा आइसकेका छन् भने ९.१ प्रतिशत ठूला उद्योगहरु आंशिक सन्चालनमा आएका छन् । कोभिड –१९ का कारण २०७६ चैत महिनादेखि सुरु भएको लकडाउन २०७७ साउनसम्म पुर्ण रुपमा र असोजसम्म आंशिक रुपमा भएको थियो ।

त्यसपछि पनि कोरोनाको तेस्रो लहरका कारण मानिसहरुले सावधानी अपनाई रहेका छन् । लकडाउनका कारण देशमा सन्चालनमा रहेका अधिकांश उद्योगहरु बन्द रहेका थिए ।

नेपाल राष्ट्र बैंकले लकडाउनको समयमा कोभिड –१९ का कारण अर्थतन्त्रमा परेको प्रभावको असारमा पहिलो सर्वेक्षण गरेको थियो । सो समयमा नेपालको ६.९ प्रतिशत ठूला उद्योगहरु मात्र सन्चालनमा रहेका थिए ।

त्यसपछि २०७८ बैशाखमा अर्को सर्वेक्षण गरेको थियो सो समयमा पनि नेपालको ९०.९ प्रतिशत उद्योगहरु पुर्ण रुपमा सन्चालनमा रहेका थिए । त्यस्तै कात्तिकमा गरेको सर्वेक्षणमा पनि झन्डै ९१ प्रतिशत ठूला उद्योगहरु पुर्ण रुपमा सन्चालनमा आएको छ ।

त्यस्तै कात्तिक मसान्तसम्मलाई आधार मानेर केन्द्रिय बैंकले सार्वजनिक गरेको सो अध्ययन प्रतिवेदनमा ८७.२ प्रतिशत सवै प्रकारको उद्योगधन्दाहरु पुर्ण रुपमा सन्चालनमा आएको छन् । त्यस्तै १० प्रतिशत आंशिक रुपमा सन्चालनमा आएका छन् भने २.३ प्रतिशत उद्यागधन्दाहरु चल्न सकेका छैनन ।

२०७७ असार मसान्तमा भने ४.१ प्रतिशत उद्योगहरु पुर्ण रुपमा सन्चालनमा थिए । बाँकी ६१ प्रतिशत उद्योग सन्चालन हुन सकेका थिएनन् भने ३४.९ प्रतिशत उद्योगहरु आंशिक रुपमा सन्चालनमा रहेका थिए । त्यस्तै सो समयमा कोभिड –१९ का कारण सरकारले लकडाउन गरिरहेको थियो ।

त्यस्तै कात्तिक मसान्तसम्ममा घरेलु उद्योग ८८.४, लघु उद्यम, साना खुद्रा व्यपाार ८६, साना (१५ करोड रुपैयाँ भन्दा कम स्थिर मुल्य हुने) ८०, मझौला १५ देखि ५० करोड स्थिरमुल्य भएका कम्पनीहरु) ८१.४ र ठूला उद्योगहरु ५० करोड भन्दा माथिको स्थिर मुल्य भएको ) ९०.९ प्रतिशत सन्चालमा रहेका छन् ।

लकडाउनको समयमा ४८.३ प्रतिशत ठूला उद्योगहरु पुर्ण रुपमा सन्चालन हुन सकेका थिएनन् भने ४४.८ प्रतिशत उद्योहरु आंशिक रुपमा मात्र सन्चालन भएका थिए । ६.९ प्रतिशत उद्योगहरु मात्र सन्चालमा रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

त्यस्तै सर्वेक्षण नतिजाअनुसार २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा २०७८ कात्तिकमा उद्योग\व्यवसाय सञ्चालनमा क्रमिक रुपमा सुधार आएको देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमूख डा.प्रकाश श्रेष्ठका अनुसार अभैmपनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा पुग्न नसकेको भएतापनि २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा उद्योग÷व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा उल्लेख्य सुधार आएको देखिन्छ ।

कोभिड–१९ महामारीको दोस्रो लहरपश्चात् उक्त संक्रमणविरुद्धको खोपको उपलब्धताले गर्दा अर्थतन्त्र चलायमान भइ पूनरुत्थानउन्मुख रहेको र अर्थतन्त्रमा सुधार आउने पनि डा.श्रेष्ठले दावी गरे ।
२०७७ असारको तुलनामा उद्योग\व्यवसायहरुले प्रदान गर्ने रोजगारीको अवस्थामा सुधार भइ कोभिड पूर्वको अवस्था नजिक पुगेको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले २०७८ कात्तिकमा आइपुग्दा ९७.२ प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरेको पाइएको छ ।

सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुले बजार माग नबढ्नालेकारोबारमा ह्रास आएको, कर्जाको ब्याजदर उच्च र अस्थिर भएको, उत्पादन लागत बढेकोले कठिनाइ भएको जस्ता समस्याहरुलाई प्राथमिकतामा राखेको डा.श्रेष्ठले जानकारी दिए ।

सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरुले कोभिड–१९ का कारण बजार माग घटेको, चालु खर्च धान्न समस्या रहेकोर श्रमिकसँग सम्बन्धित समस्याको कारण उद्योग÷व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् ।

उद्योग÷व्यवसाय सञ्चालनमा ल्याउन नसकेकामध्ये केहीले उद्योग÷व्यवसाय बिक्री गरेको बताएका छन् भने केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने तयारीमा रहेको बताएका छन्।

 

वि.सं.२०७८ मंसिर ८ बुधवार १६:४४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...