back
NMB ad

नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी, को हुन् त्रिपाठी ?

Kumari bank ad

काठमाडौं । नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

२०३६ देखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका त्रिपाठीले नेपाल ल क्याम्पसको प्रा.क.र स्ववियु सचिव, कानून इलाका सदस्य हुँदै दुई पटक धादिङ काठमाडौं सम्पर्क मञ्चको नेतृत्व गरी जिल्ला फर्केर धादिङ जिल्ला कमिटी सदस्य, सचिव, उपाध्यक्ष हुँदै २०७१ देखि जिल्ला अध्यक्षको जिम्मेवारी संहाल्दै आएका छन् ।

त्रिपाठी २०७४ को आम निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी सबैभन्दा बढी भोट ल्याउनेमा चौंथो र सबैभन्दा फराकिलो मतान्तरमा जित्नेका तेस्रो स्थानमा पर्छन् ।

तत्कालीन माओवादी र एमाले गठबन्धनमा सो क्षेत्रको प्रदेश सभामा एमालेबाट राजेन्द्र पाण्डे र माओवादीका शालिकराम जमकट्टेल निर्वाचित भएका थिए ।

हाल पाण्डे पार्टी फुटाएर बागमती प्रदेशको मुख्यमन्त्री बनेका छन भने जमकट्टेल आर्थिक मामिला मन्त्री बनेका छन् । सोही क्षेत्रबाट चुनाब लड्दै आएका गंगालाल तुलाधर माधव नेपालको विश्वास पात्र पनि नेकपा (एस) पार्टीमै लागेका छन् ।

विपक्षीका हेवीवेट नेताका सामु चुनाबी प्रतिस्पर्धा गर्नु पर्ने भएकाले पनि कार्यकर्ता र नेताले त्रिपाठीलाई केन्द्रमा लैजान चाहेका हुन् ।

कानूनी पृष्ठभूमिका त्रिपाठीको केन्द्रमा उठ्ने चर्चा नवौं राष्ट्रिय महाधिवेशनमा पनि चलेको थियो । तत्कालीन जिल्ला अध्यक्ष खेमप्रसाद लोहनीलाई केन्द्रमा पठाउन उनी महाधिवेशन प्रतिनिधि समेत नबनेर जिल्लाको कमाण्ड संहाल्न बसेका हुन् । काठमाडौंदेखि चितवनसम्म जोडिएको राजमार्ग त्रिपाठीको निर्वाचन क्षेत्र पर्छ ।

विद्यार्थी राजनिती देखि कानुनी क्षेत्रमा अब्बल त्रिपाठी देशभरि नै लोकप्रिय छन् । कानून र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका त्रिपाठी बौद्धिक नेतामा गनिन्छन् ।

दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रमा डेब्यु गर्न लागेका त्रिपाठीले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने मनस्थिति बनाएका छन् ।

यस पटक केन्द्रीय कमिटीमा जाने मेरो चाहना भन्दा पनि पार्टी फुटको कारण जिल्लामा थपिएका चुनौतीलाई परास्त गर्न कार्यकर्ताको दवाव र नेतृत्वको चाहनाले आफु अगाडी बढेको त्रिपाठी बताउँछन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रका रुपमा चिनिएका त्रिपाठी लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा विश्वस्त छन् ।

वि.सं.२०७८ मंसिर ९ बिहीवार १४:३४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...