काठमाडौं । विभिन्न तीन कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यति बेला महालक्ष्मी विकास बैंकसहित तीन कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको हो ।
यो समाचार तयारा गर्नेबेलासम्म महालक्ष्मीव विकास बैंकको सेयर मूल्य ७.५४ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ६५० रुपैयाँ कायम भएको छ ।
यस्तै, यतिबेला मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ६.७४ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२५ रुपैयाँ ४० पैसाले घटेर १ हजार ७३५ रुपैयाँ १० पैसा कायम भएको छ ।
यो समाचार तयार गर्नेबेलासम्म फस्र्ट माइक्रोफाइनान्सको सेयर मूल्य पनि ६.१० प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२ रुपैयाँले घटेर ८ सय रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ मंसिर १२ आइतवार १३:२४ मा प्रकाशित