काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले तीन संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकका संस्थापक सेयरधनी तोयानाथ चालिसे, रुद्रप्रसाद शर्मा र कृष्ण काजी श्रेष्ठको क्रमशः ८ हजार कित्ता, ६ हजार कित्ता र ४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिदेखि ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा–१० कास्कीमा दिनुपर्नेछ ।
तोकिएको समयावधि भित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिदका लागि कुनै पनि लिखित जानकारी प्राप्त हुन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाईने बताइएको छ ।
वि.सं.२०७८ मंसिर १३ सोमवार ११:२९ मा प्रकाशित