back
Kumari Bank

सान्जेन र रसुवागढी जलविद्युत आयोजनाको निर्माण छिट्टो सक्न विद्युत प्राधिकरणको ताकेता

Nepal Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनाहरु सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीकोसमेत लगानी रहेका आयोजनाहरु काम जतिसक्दो छिट्टो सम्पन्न गर्न पहल गरेको हो ।

भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बाढीपहिरो, कोभिड–१९को महामारी लगायतका कारणले आयोजनाहरुको निर्माण प्रभावित हुँदै आएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमनमार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरु, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिट्टो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले तीन वटै आयोजनाहरुको वित्तीय व्यवस्थापन गरी एकसाथ अगाडि बढाएका थिए ।

‘मुख्य सिभिल संरचनाहरुको निर्माण सम्पन्न भइसकेका छन्, सर्वसाधारणको पनि लगानी रहेको आयोजनाहरुको निर्माण यथासक्य छिट्टो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ’, घिसिङले भने, ‘बाँकी रहेका कामहरु समानान्तर रुपमा अगाडि बढाएर ७/८ महिनाभित्रमा सम्पन्न गर्नु पर्छ ।’

माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ ।

माथिल्लो सान्जेनको क्यासकेडको रुपमा रहेको सान्जेनको सुरुङ,सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ । विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरुको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरु चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिकहरु मंगलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकहरुले उपकरणहरु जडान सुरु गर्ने छन् । प्रसारण लाइनको टावरहरु निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकीे छ ।

रसुवागढी जलविद्युत आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो । इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।

‘इलेक्ट्रोमेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको छ, उपकरणहरु जडानका लागि ठाउँको अभाव छैन, कामदार थपेर सबै ठाउँमा समानान्तर रुपमा काम गरी ८/९ महिनाभित्र सक्नुहोस््, ठेकेदारले व्यहोरिरहेको समस्या समाधानका लागि हामी सहजीकरण गर्ने छौं ।’

तीन वटै आयोजनाहरुको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ । चिलिमे तथा त्रिसूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिसूली थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाहरको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:०९ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह   

प्रधानमन्त्री ओली उच्चस्तरीय बैठकहरुमा व्यस्तः विकास साझेदारहरुलाई औपचारिक च्यानलबाट आउन आग्रह   

वि.सं.२०८२ असार १७ मंगलवार १८:०३

प्रकाश सिलवाल सेभिया (स्पेन)  : संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी...

मनसुनका एक महिनाः ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते   

मनसुनका एक महिनाः ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते   

वि.सं.२०८२ असार १७ मंगलवार १७:५१

काठमाडौँ :  गत जेठ १५ देखि यही असार १६ गतेसम्म...

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : सामाजिक उत्तरदायित्व र ग्राहकसँगको सम्बन्धलाई जोड दिँदैभव्य रूपमा सम्पन्न

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : सामाजिक उत्तरदायित्व र ग्राहकसँगको सम्बन्धलाई जोड दिँदैभव्य रूपमा सम्पन्न

वि.सं.२०८२ असार १७ मंगलवार १७:३९

काठमाडौँ : विश्वभरका यामाहा प्रयोगकर्ता, शुभेच्छक र मोटरसाइकलप्रेमीहरूले आज यामाहा...

नाडा र यातायात व्यवस्था विभागबीच प्रस्तावित सवारी निर्देशिकामाथि छलफल

नाडा र यातायात व्यवस्था विभागबीच प्रस्तावित सवारी निर्देशिकामाथि छलफल

वि.सं.२०८२ असार १७ मंगलवार १७:३१

काठमाडौँ : नेपाल अटोमोवाइल्स एशोसिएशन (नाडा) र यातायात व्यवस्था विभागबीच...

कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

कुमारी बैंकद्वारा फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

वि.सं.२०८२ असार १७ मंगलवार १७:१७

काठमाडौं । नेपाली बैंकिङ्ग क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका...

एनसेलको नयाँ मोबाइल नम्बर रेञ्ज सार्वजनिक, अब ९७१ बाट सुरु हुने सिम उपलब्ध हुने

एनसेलको नयाँ मोबाइल नम्बर रेञ्ज सार्वजनिक, अब ९७१ बाट सुरु हुने सिम उपलब्ध हुने

वि.सं.२०८२ असार १७ मंगलवार १६:३९

काठमाडौँ : निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले...