काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीको वुधवार बिहान बसको बैंकको संचालक समितिको बैठकले २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयधरनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित भएपश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ मंसिर १५ बुधवार ११:०६ मा प्रकाशित