back
NMB ad

नाडाको आगामी निर्वाचनका अध्यक्षका प्रत्यासी ध्रुवबहादुर थापा समुहको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Kumari bank ad

काठमाडौं । ‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल व्यवसायीको साझा’ भन्ने नाराका साथ नेपालका विभिन्न स्थानमा रहेका व्यवसायीहरुसँग ध्रुव थापा ज्यूको प्यानलले आफ्नो छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गर्दै आज दिउँसो ३ बजे काठमाडौमा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

कार्यक्रमका उमेदवार ध्रुव थापाले आफ्नो टीममा रहेका सदस्यका उमेद्वारहरुको परिचय गराउनु भएको थियो । नाडाका वर्तमान सदस्य तथा थापा प्यानेलबाट उम्मेदवारी दिन भएका कपिल शिवाकोटीले संचालन गर्नु भएको कार्यक्रममा नाडाको नयाँ निर्वाचनले सवल, सक्षम, र सम्पूर्ण व्यवसायीको समस्या आफ्नै समस्या मानेर काम गर्न सक्ने व्यक्तिको खाँचो रहेको बताउनु भयो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकारलाई स्वागत गर्दै अध्यक्ष पदका प्रत्याशी थापाले आफ्ने टीमको प्रतिबद्धता सार्वजनिक गर्दै आफ्नो टीममा रहेका सदस्यहरुको व्यवसायीको क्षमताको विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बोल्दै थापाले भन्नुभयो हामीले सबै प्रदेशका साथीहरुसँग अन्तर्किया गरेका छौ । छलफलमा उठेका समस्यालाई सम्बोधन गर्न हामी प्रतिवद्ध रहेका छौं ।थापा प्यानलको प्रतिबद्धता प्रदेश स्तरीय संरचनालाई अधिकार दिने व्यवसायमैत्री वातावरण निमार्ण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसंग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने आदि रहेका छन् ।

अबका दिनमा नाडाले आफ्नै भवनमा काम गर्ने वातावरण सृजना गर्न भवन निर्माणको लागि पहल कदमी चाल्ने साथै नीतिगत योजना, सचिवालय सुधार कार्य, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता, डाटा हव निमार्ण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता पनि घोषणा गर्नु भएको छ । अध्यक्ष पदका उम्मेदवार ध्रुव थापाको प्यानलमा नाडाको वर्तमान कार्य समितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया हुनुहुन्छ ।

थापाले आफ्नो प्यानलमा यमुना श्रेष्ठ ज्यूलाई समावेश गरी नाडामा महिला सहितको समूह निर्माण गरेर नयाँ इतिहासमा रच्नु भएको छ । थापाले अमरज्योति रज्जित, बि.एन. पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस्. कंसाकार, सञ्जयकुमार खेतान जस्ता लामो अनुभव भएका अटो व्यवसायीहरुलाई समेटेर समावेशी समूहको निर्माण गर्नु भएको छ । नाडाको इतिहास मै यस्तो समावेशी प्यानल पहिलो पल्ट बनेको हो ।

वि.सं.२०७८ मंसिर १६ बिहीवार १६:१० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...