back
NMB ad

९ वाणिज्य बैंकद्वारा साधारसणभा आह्वान: लाभांश पारित गर्ने मुख्य एजेण्डा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सेञ्ज(नेप्से)मा सूचीकृत मध्ये विभिन्न १४ वाणिज्य बैंकहरुले साधारणसभाका लागि मिति तय गरेका छन् ।

बैंकहरुले धमाधम लाभांश घोषणा गर्दै सभा बोलाएका हुन । हालसम्म १४ वटा वाणिज्य बैंकमध्ये केहीले सभा सम्पन्न गरि सेयरधनीहरुलाई लाभांश पनि वितरण गरिसेका छन् ।

अब सभा हुन नेपाल बैंक, एनएमबि बैंक, ग्लोबल आइएमई, एभरेष्ट बैंक, प्राइम कमर्सियल, लक्ष्मी बैंक, मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल इन्भेष्ट बैंकले सभा गर्दैछन् ।

यी सबै बैंकहरुले छुट्टा छु्ट्टै मिति र स्थानमा फरक फरक एजेण्डासहित सभा बोलाएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक: 

नेपाल इन्भेष्टमेन्ट बैंकले भोलि अर्थात मंसिर १७ गते शुक्रबार साधारणसभा गर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई १२.६१ प्रतिशत बोनस सेयर र कर सहित ३.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले चालु आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव लगायतका विषयमा छलफल तथा पारित गर्नेछ ।

एनएमबि बैंक :

एनएमबि बैंकले आउँदो पुस २ गते २६औं वार्षिक साधारणसभा गर्ने भएको छ । सभाले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई साढे १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका का लागि ३.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित, र आव २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित हुने छ । बैंकले बुक क्लोज मिति भने तोकेको छैन ।

मेगा बैंक :

मेगा बैंकले वार्षिक साधारणसभा मंसिर २८ गते गर्दैछ । उक्त दिन बैंकले ११औं वार्षिक साधारणसभा गर्ने भएको हो ।

उक्त सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुका लागि प्रस्ताव गरेको लाभांश पारित गर्नेछ ।

बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र २.०७ प्रीतशत नगद लाभांश वितरण गर्ने भएको हो ।

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर वा प्राप्ति लगायतका अन्य सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिनेछ । सभा तथा लाभांश प्रयोजनका लागि बैंकले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ ।

एभरेष्ट बैंक :

एभरेष्ट बैंकले आउँदो पुस १ गते २७औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान १० बजे साधारण सभा आह्वान गरेको हो ।

सभामा हाल कायम चुक्ता पुँजीको ६ प्रतिशतका दरले बोनस सेयर र करसहित गरी ४.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

बैंकको प्रवन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेण्डा छन् ।बैंकले सभा प्रयोजनका लागि मंसिर १७ अर्थात आज बुक क्लोज गरेको छ ।

ग्लोबल आइएमई बैंक:

ग्लोबल आइएमई बैंकले वार्षिक साधारणसभा मंसिर २७ गते गर्ने भएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयधरनीहरुलाई १० प्रतिशत बोनस र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

सभामा आव २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै आव २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई बोनस सेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोको हदसम्म जारी तथा चुक्ता पुँजी कायम हुने गरि प्रबन्धपत्रको दफा ५ (ख) र ५ (ग) संशोधन गर्ने छ ।

यस्तै, बैंकको चुक्ता पुँज वृद्धिका लागि प्रबन्धपत्र, नियमावली संशोधनको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदलसंशोधन/परिर्माजन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन भएमा सोही अनुरुप आवश्यक कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने छ । सभा तथा लाभांश प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

प्राइम कमर्सियल बैंक :

प्राइम कमर्सियल बैंकले पुस ६ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको नियुक्ति गर्ने, प्रवन्धपत्रको उद्देश्यमा आवश्यक संशोधन गरी उद्देश्य थप गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर २२ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ ।

लक्ष्मी बैंक :

लक्ष्मी बैंकले पुस ८ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत सेयर र कर प्रयोजन सहित ३.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिको प्रतिवेदन पारित, चालु आवको लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने छ ।

बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ति गर्ने सम्वन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिएको अख्तियारलाई निरन्तरता दिनेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर २४ गते शुक्रबार बुक क्लोज गर्नेछ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक :

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २८ गते सभा गर्ने भएको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।

बैंकले आर्थिक वर्ष ७७÷७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि ३.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा आव २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात, आव २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरेको छ ।

नेपाल बैंक :

नेपाल बैंकले पनि वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । बैंकले पुस २ गते सभा गर्ने भएको छ ।

उक्त सभाले १४ प्रतिशत बोनस सेयर र कर सहित ३ प्रतिशत नगद लाभांश पारित गर्नेछ । सभा तथा लाभांश वितरणका लागि बैंकले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ मंसिर १६ बिहीवार १७:५३ मा प्रकाशित

You can share this post!

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...