back
NMB ad

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानीत

Kumari bank ad

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको चौथो संस्करण २०७८ मंसिर १८ गते सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’अन्तर्गत देशभरी रहेका ३१,००० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थीक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्यसम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७९ जना सिटिजन लिडरहरु, उत्कृष्ट ५ सिनियर एजेन्सी मेनेजर, एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरेको छ । कार्यक्रममा ४०० सक्रिय सिटिजन लिडरहरुको उपस्थिती थियो । कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको उस्थितीमा कार्यक्रम भएके होे ।

कार्यक्रममा मुख्य अतिथिका रुपमा डा. सन्दुक रुइत को उपस्थितीथियो । आफ्नो जिवनका भोगाइहरु व्यक्त गर्दै उहाँले आफुले मन देखी चाहेको खण्डमा केहि कुरा पनि असम्भव छैन भन्ने कुरामा जोड दिदैँ अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरुलाई प्रेरित गर्नु भयो ।
सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रणी रहेको र रहने बताउदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताउनु भयो । उहाँले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गर्नु भयो ।

समापनको अवसरमा अध्यक्ष प्रदिपजङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्तगर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु; ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्र्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताउनु भयो ।

वि.सं.२०७८ मंसिर १९ आइतवार १६:३९ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...