back
NMB ad

तुलसीपुर उपमहानगरले बनायो विपद् प्रतिकार्य योजना

Kumari bank ad

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि विपद् प्रतिकार्य योजना निर्माण गरेको छ । विपद् न्यूनीकरणका लागि कार्ययोजना बनाएर उपमहानगर अघि बढेको जनाइएको छ ।

कुनै पनि समयमा आउन सक्ने विपद् र त्यसले मानवीय तथा भौतिक संरचनामा पुर्‍याउन सक्ने जोखिमलाई कम गर्न र न्यूनीकरण गर्न आवश्यक रणनीति कार्य योजना निर्माण गरिएको उपमहानगरका नगर प्रमुख घनश्याम पाण्डेले बताए । कार्ययोजनाले विभिन्न विषयगत समिति, तिनको क्षेत्राधिकार र क्षेत्रगत विषयमा मुलप्रवाहिकरणको काम गर्ने उनले बताए । १३ वटा बुँदामा रहेर उपमहानगरपालिकाले तयार नेपालको सहकार्यमा कार्ययोजना निर्माण गरेको बताएको छ ।

उपमहानगरपालिकाले माघ मसान्तभित्र विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्वयंसेवक परिचालन निर्देशिका निर्माण गर्ने तयारीसमेत गरेको छ । निर्देशिकाको पूर्णता लिन उपमहानगरपालिकाको शिक्षा महाशाखालाई जिम्मा दिइएको छ ।

यसैगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन रणनीतिक कार्ययोजना तत्काल कार्यान्वयन गर्नेगरि विपद् व्यवस्थापन शाखाले जिम्मेवारी लिएको छ ।
आगामी पौष १७ गतेसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली तयार पार्ने गरी कार्ययोजना निर्माण गरेको छ । मङ्सिर मसान्तसम्म आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने, फागुन मसान्तसम्म विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने, विपद् जोखिम न्यूनीकरण तथा स्थापन अनुक्रमणिकालाई नियमित गर्ने, फागुन मसान्तसम्म विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि छिमेकी पालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने र आवश्यक संयन्त्र निर्माण गर्नेगरि कार्ययोजना निर्माण गरिएको छ । उक्त कार्ययोजनाहरू विपद् व्यवस्थापन शाखा तथा वन वातावरण तथा व्यवस्थापन समितिले पूर्णरुपले कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छ ।

यसैगरी आवश्यकता अनुसार विपद् व्यवस्थापन शाखा र वन,वातावरण तथा विपद् व्यवस्थापन समितिले खोज तथा उद्धार सामग्रीको उपलब्धता गराउने,पौष मसान्तसम्म खुला क्षेत्रको पहिचान तथा व्यवस्थापन, माघ मसान्तसम्म निजी क्षेत्रलाई विपद् जोखिम न्यूनीकरणका लागि भूमिका र व्यवसाय निरन्तरताको लागि अनुभूति गराउने जनाएका छन्।

यसका साथै नियमितरुपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पालिकार वडास्तरिय समितिका पदाधिकारी,कर्मचारी र सरोकारवालाहरूका लागि आवश्यक क्षमता विकासको कार्यक्रमहरू सञ्चालन गर्नेगरी कार्ययोजना तयार पारेको छ । नगर प्रमुख घनश्याम पाण्डेले कार्ययोजना अन्तर्गतका सम्पूर्ण गतिविधिहरू प्रभावकारी ढंगले सञ्चालन गर्ने जनाएका छन् ।

वि.सं.२०७८ मंसिर १९ आइतवार २१:५२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...