back
NMB ad

कुमारी बैंक प्रकरण : विस्तृत अनुसन्धान रिपोर्ट केन्द्रिय बैंकमा

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी बैंकबाट गायक योगेश्वर अमात्यको नामको जग्गा नक्कली कागजात बनाएर अरुले नै ऋण लिएको घटनाको विस्तृत अनुसन्धान गरी रिपोर्ट बुझाएको छ ।

केन्द्रिय बैंकको अनुगमन टोलीले अध्ययन गरी बैंक तथा सुपरिवेक्षण विभिागका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई प्रतिवेदन बुझाएको हो । ऋण प्रबाह हुदा क–कसको गल्ति भयो ? बैकिङ प्रणालीमा कुन च्यानलमा गएपछि खोट देखियो ? कर्मचारीहरुको नियममा नै खोट हो वा बैंकको जोखिम नियन्त्रण प्रणाली कमजोर हो ? भन्ने यकिन हुनका लागि केन्द्रिय बैंकले अनुसन्धान गरेको हो ।

रिपोर्टमा कुमारी बैंकबाट सिद्धार्थ बैंकमा रकम सारिएको र त्यहाँबाट नै ऋण रकमको कारोबार भएको पाइएको छ भने बैंकका कर्मचारीहरुको नियतका कारण नभएर प्रणालीगत समस्याका कारण यस्तो हुन पुगेको उल्लेख गरिएको छ ।

गायक अमात्यले बारामा २५ बिघा जग्गा किनेका थिए। त्यसमध्ये १३ विघा बिक्री भइसकेको र बाँकी १२ विघा अमात्यको नाममै थियो । सोही जग्गाको नक्कली कागजात बनाएर कुमारी बैंकबाट दुई जनाले १९ करोड रुपैयाँ ऋण लिएका थिए ।

रकमको कारोबार भएको सिद्धार्थ बैंकमाथि पनि केन्द्रिय बैंकले छु्ट्टै अनुसन्धान गरेको थियो । सो टोलीले पनि प्रतिवेदन बुझाइसकेको छ । दुवैको प्रतिवेदनको अध्ययन गरेपछि कुमारी बैंकमाथि कुनै कारबाही प्रकृया अगाडी बढाउन सक्ने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

 

वि.सं.२०७८ मंसिर २० सोमवार १२:४३ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:०७

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा...

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...