back
NMB ad

मंगलम् इन्डस्ट्रिजको प्लम्बर्स मिट सम्पन्न

Kumari bank ad

काठमाडौं । मंगलम् इन्डस्ट्रिजले देशको विभिन्न ठाउँँमा प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।नेपालगन्जबाट सुरु भएकोे यो प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम मङ्सिर महिना भरि इटहरी, पोखरा र काठमाडौंमा आयोजना भएको थियो। अहिलेसम्म कार्यक्रममा लगभग १००० प्लम्बरहरुको सहभागिता रहेको आयोजक मंगलम् इन्डस्ट्रिजले बताएको छ ।
यस उद्योगमा भइरहेको नयाँ प्रगतिहरुको बारेमा जानकारी गराउँदै पाइपिङ उद्योगमा सकृय प्लम्बरहरुलाई एक–अर्कासँग भेटघाट गराउने, सुचना आदान–प्रदान गर्ने र प्लम्बरहरु बीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्धेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको आयोजक मंगलम इन्डस्ट्रिजले बताएको छ ।

कार्यक्रममा मंगलम् इन्डस्ट्रिजको बारेमा बिस्तृत जानकारी प्रस्तुत गरिनुको साथै नयाँँ योजना तथा अफरहरुको बारेमा पनि जानकारी गराइएको थियो । उक्त कार्यक्रममा हाजिरीजवाफ, नृत्य, लक्कीड्र,उपहार वितरण लगायत अन्य मनोरन्जनात्मक क्रियाकलापहरु पनि समावेश गरिएको थियो । यसको साथै कम्पनीको नयाँँ उत्पादन रेन प्रोको बारेमा पनि जानकारी दिइएको थियो । रेनप्रो बर्खा यामको पानी संकलन र निस्कासनको लागि प्रयोग हुने पाइप हो ।
आउँदो महिनाहरुमा देशका अन्य शहरहरुमा पनि यस्तो कार्यक्रम सन्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

पाइप्स र फिटिङ्स निर्माण सामाग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालकै पहिलो ऋएख्ऋपाइप र फिटिंग्स् उत्पादक तथा निर्यातकर्ता हुनुको साथै सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरु मध्ये एक पनि हो ।

वि.सं.२०७८ मंसिर २६ आइतवार १८:०१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...