back
NMB ad

थप ४ कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । थप चार कम्पनीहरुले लाभांश घोषण गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् ।

मञ्जुश्री फाइनान्स, मिथिला लघुवित्त, आँधिखोला लघुवित्त, गुडविल लघुवित्त फाइनान्स कम्पनीले लाभांश घोषणा गरेका हुन् ।

मञ्जुश्री फाइनान्स : मञ्जुश्री फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीहरुलाई ४६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र कर सहित ६ प्रतिशत नगद लाभांश दिने भएको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गनेपश्चात वितरण हुनेछ ।

मिथिला लघुवित्त : मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत मंसिर २४ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर कर प्रयोजनको लागि १।३१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित भएपश्चात वितरण हुनेछ ।

आँधिखोला लघुवित्त : आँधिखोला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले लाभांश घोषण गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण हुनेछ ।

गुडविल फाइनान्स :  गुडविल फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले लाभांश घोषण गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले सेयधरनीहरुलाई ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण हुनेछ ।

वि.सं.२०७८ मंसिर २७ सोमवार १६:५१ मा प्रकाशित

You can share this post!

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्काशन गर्ने

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:५७

काठमाडौ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै   

तल्लो सेती जलविद्युत् आयोजनाको कामलाई तीव्रता दिइँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:३४

दमौली (तनहुँ), ३० वैशाख : तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा कार्यालय...

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री   

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:२४

काठमाडौँ, ३० वैशाखः   प्रधानमन्त्री    पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता...

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार   

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:१६

चितवन, ३० वैशाखः भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको...

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने   

नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:०६

लस एन्जलस, ३० वैशाख : अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस...

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार   

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार   

वि.सं.२०८१ वैशाख ३० आइतवार १२:०१

दिलकुमार लिम्बु फुङ्लिङ (ताप्लेजुङ), ३० वैशाखः ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण...