काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर प्रसाद कडेल नियुक्त हुनुभएको छ ।
मंसिर २७ गते सोमबार बैंकको सञ्चालक समितिको ३८५ औं बैठकले कडेललाई सीईओ नियुक्त गरेको हो ।
हाल बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा रहेका कडेललाई मंसिर २७ देखि लागू हुने गरी आगामी चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरेको हो ।
वि.सं.२०७८ मंसिर २८ मंगलवार ११:११ मा प्रकाशित