back
NMB ad

खोटाङमा धान उत्पादन घट्यो, अघिल्लो वर्षभन्दा साढे चार हजार मेट्रिक टन कम

Kumari bank ad

खोटाङ । बेमौसमी वर्षा र हावाहुरीका कारण चालु आर्थिक वर्ष २०७८/०७९ मा खोटाङमा धान उत्पादन घटेको छ । गत ३१ असोजदेखि २ कात्तिकसम्म परेको बेमौसमी वर्षा र हावाहुरीका कारण गतवर्षको तुलनामा खोटाङमा चार हजार ६ सय ४३ मेट्रिक टन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा २९ हजार सात सय ९४.३८ मेट्रिक टन धान उत्पादन भएको जिल्लामा चालु आर्थिक वर्ष २५ हजार एक सय ५१.१० मेट्रिक टन मात्रै उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । गतवर्ष धानको प्रतिहेक्टर दुई ३१ मेट्रिक टन उत्पादकत्व रहेको जिल्लामा यसवर्ष प्रतिहेक्टर १.९५ मेट्रिक टन उत्पादकत्व कायम भएको कार्यालयले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा १२ हजार आठ सय ९८ हेक्टरमा धान खेती गरिएको थियो । समयमै भएको वर्षा र रोपाई हुँदा यसवर्ष विगतको तुलनामा धान उत्पादन नहुने आंकलन गरिएको थियो । तर, प्रमुख बालीका रुपमा लगाएको धान उत्पादन घट्ना किसान चिन्तित बनेका छन् । ढलेका धानको बोट कुहिएपछि परालको उत्पादनमा समेत कमी आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका किसान ईश्वरकुमार श्रेष्ठले बताए ।

बेमौसमी वर्षा तथा हावाहुरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई हजार दुई सय ५० हेक्टर, हलेसी तुवाचुङ नगरपालिकामा २८.५० हेक्टर, जन्तेढुंगा गाउँपालिकामा एक हजार ती सय ८४.११ हेक्टर, खोटेहाङ गाउँपालिकामा ६ सय ७९.२९ हेक्टर र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा चार सय २८ हेक्टर धानबालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस्तै, साकेला गाउँपालिकामा दुई सय ९६.२२ हेक्टर, रावाबेसी गाउँपालिकामा दुई सय ७५ हेक्टर, केपिलासगढी गाउँपालिकामा ९० हेक्टर र ऐसेलुखर्क गाउँपालिकामा ११.५० हेक्टर धानवालीमा क्षति पुर्‍याएको ज्ञान केन्द्रले जनाएको छ ।

वर्षा तथा हावाहुरीका कारण कोदो, जुनेलो, फापरलगायतका बालीनाली समेत ढालेको थियो ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार १३:४७ मा प्रकाशित

You can share this post!

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य   

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:२८

रमेश लम्साल काठमाडौँ, १६ जेठ : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने...

दुई कम्पनीको १२ लाख ४१ हजार  कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

दुई कम्पनीको १२ लाख ४१ हजार  कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ जेठ १६ बुधवार १८:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई कम्पनीको बोनस...

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन   

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:१३

काठमाडौँ, १६ जेठ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...