back
NMB ad

भोलि तीन बैंकको साधारण सभा हुँदै: लाभांश पारित गर्ने मुख्य एजेण्डा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । भोलि मंसिर २९ गते अर्थात बुधवार तीन कम्पनीको साधारण सभा हुँदैछ । उक्त दिन नेपाल इन्फ्रास्टक्चर बैंकसहित तीन कम्पनीले सभा गर्दैछन् ।

उक्त दिन नेपाल इन्फ्रास्टक्चर बैंक, बैंक अफ काठमाण्डू र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले बुधवार साधारण सभा गर्न लागेका हुन् ।

यी तीनै कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैकले भोलि बिहान ९ बजे अनुपम फुडल्याड ब्याक्वेंट बत्तीसपुतलीमा सभा गर्न लागेको छ ।

सभामा बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पातिर गर्नेछ ।

सभाले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर सहित ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर ९ गते एक दिन बुक क्लोज गरेको छ ।

यस्तै, बैंक अफ काठमाण्डूले भोलि साधारणसभा गर्ने भएको छ । सभाले १० प्रतिशत बोनस शेयर र चार प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले सभा र लाभांश वितरण प्रयोजनको मंसिर १० गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको छ ।

त्यसैगरि भोलि हुने शाइन रेसुङ्गा डेभलपमण्ट बैंकको सभाले पनि लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

बैंकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभाले १०.९३ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा र लाभांश वितरण प्रयोजनको लागि बैंकले मंसिर १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको छ ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार १६:५८ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...