काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिले १३.५२६ लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ सम्मको नाफा र सेयर प्रिमियम समेतबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ मंसिर २९ बुधवार ११:१० मा प्रकाशित