back
NMB ad

‘पाहुनालाई ढिडो’ अभियान सञ्चालन गर्दै आदर्श सञ्चार

Kumari bank ad

बागलुङ । समुदायमा पछिल्लो समय बढ्दै गएको आयातित खानाको प्रभावलाई कम गरी स्थानीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बागलुङको एक सहकारीले पाहुनालाई ढिडो अभियान सञ्चालन गर्ने भएको छ ।

धौलागिरी क्षेत्रको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ का लागि पाहुनालाई ढिडो अभियान अन्तरगत स्थानीय खानाको प्रवद्र्धन गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सुचना र सञ्चारलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय लगायत सामाजिक क्षेत्रमा काम गर्दै आएको आदर्श सञ्चार सहकारीले हरेक वर्ष समुदायलाई सचेत बनाउने नयाँ नयाँ अभियान सञ्चालन गर्दै आएको छ ।

संस्थाको मंसिर २७ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाले बागलुङ जिल्लामा सञ्चालित घरबास कार्यक्रम (होस्टे) हरुसंग समन्वय गरी स्थानीय खानाको प्रवद्र्धनका लागि पाहुनालाई ढिडो अभियान सञ्चालन गर्न निर्णय गरेको छ ।

दुर्गम भन्दा दुर्गम ठाउँमा पनि खाजा, खानाका रुपमा आयातित खाद्यान्न, प्याकिङ तथा जंग फुडको प्रयोग बढ्दै गएको र त्यस्ता प्रकारका खानाले मानिसको स्वास्थ्यमा प्रतिकुल असर पार्नुका साथै आर्थिक अवस्थामा समेत असर पार्ने भएकाले यसलाई न्यूनिकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ पाहुनालाई ढिडो अभियान सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)ले जानकारी दिनुभयो ।

स्थानीय स्तरमा उत्पादित वस्तुको प्रयोग घट्दै गएको, उत्पादनबाट श्रमशक्ति छुट्दै गएको, बालबालिकादेखि जेष्ठ नागरिकसम्म, घरको भान्सादेखि मेलापातसम्म खाना तथा खाजाका रुपमा चाउचाउ, चिउरा, विस्कुट लगायतका खाद्यवस्तुको प्रयोग अत्यन्तै बढेको छ, अध्यक्ष जिसीले भन्नुभयो–‘अजिनो मोटो, इष्ट जस्ता औषधीको प्रयोग गरेका वस्तु खानाले मानिसमा दीर्घ रोग हुनुका साथै वचत गर्न सकिने पैसा समेत खर्च हुने गरेको छ, यसलाई नियन्त्रण गर्नका लागि व्यापक जनचेतना आवश्यक पर्छ ।’

बागलुङमा सञ्चालनमा रहेका होमस्टेहरुसंग समन्वय गरेर आदर्श सञ्चार सहकारीले जिल्ला व्यापी रुपमा स्थानीय खानाको प्रवद्र्धनको अभियान सञ्चालन गर्ने योजनाका साथ अगाडि बढेको उहाँको भनाइ छ । कतिपय होमस्टेहरुले समेत बाहिरबाट आएको खाना पाहुनालाई खुवाउने गरेको भन्दै उहाँले अब होमस्टे मात्रै होइन, प्रत्येक घरमा आउने पाहुनालाई ढिडो लगायत घरमै उत्पादित चिज खुवाउन सन्देश दिने गरी कार्यक्रम अगाडि बढाउने संस्थाले योजना रहेको छ । बागलुङ जिल्लामा २८ वटा होमस्टे सञ्चालनमा छन् । बागलुङ नगरपालिकामा १, काठेखोला गाउँपालिकामा ९, बरेङमा १, जैमिनी नगरपालिकामा ४, गलकोट नगरपालिकामा ४, ताराखोला गाउँपालिकामा २ र ढोरपाटन नगरपालिकामन ७ वटा होमस्टे सञ्चालनमा छन् । ति होमस्टेहरुसंग समन्वय गरी पाहुनालाई ढिडो अभियान सञ्चालिन गरिने संंस्थाले जनाएको छ ।

गाउँघरमा उत्पादन हुने खाद्यान्न, तरकारी लगायत फलफूलहरुलाई व्यवस्थित रुपमा संकलन, भण्डारण र विक्री वितरणको व्यवस्था मिलाउनका लागि स्थानीय तह, वडा कार्यालयहरु र सहकारी संघ संस्था लगायत उपभोक्ता समुहहरुलाई क्रियाशिल बनाउन पनि संस्थाको यो अभियान प्रभावकारी हुने अध्यक्ष जिसीको दावी छ ।

आदर्श सञ्चार सहकारी संस्थाले विगतमा युवा विद्यार्थीहरुलाई वित्तीय रुपमा साक्षर बनाउने उद्देश्यका साथ विद्यालयमा सहकारी शिक्षा, कुलतमा लागेका युवाहरुलाई सही बाटोमा लगाउनका लागि दुव्र्यसन विरुद्ध आमाहरु, महिलाहरुलाई सीप सिकाउने र वचत गर्ने बानीको विकासका लागि प्याड बनाउने र प्रयोग गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारी हुनुका साथै सरोकारवालाहरुको ध्यानाकर्षण भएर कार्यक्रमहरु अगाडि बढेको अध्यक्ष जिसीको भनाइ छ ।

सस्थाले शेयर सदस्यहरुलाई लक्षित गरी स्वास्थ्य सचेतना र स्वास्थ्य उपचारमा सहयोगको अभियान समेत सञ्चालनमा ल्याएको छ । शेयर सदस्य र एकाघरका परिवारका सदस्यहरु विरामी भएर अस्पतालमा उपचार गर्नु पर्नेमा एक महिनाका लागि ५० हजार रुपैया बिना ब्याज उपलब्ध गराउने, सदस्यको घरमा सकैको मृत्यु भएमा मृत्यु संस्कारका लागि एक महिनाका लागि १ लाखसम्म बिना ब्याजमा रकम उपलब्ध गराउने लगायतका कार्यक्रम सञ्चालन गरेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

बागलुङ जिल्लाभर कार्यक्षेत्र भएको आदर्श सञ्चार सहकारीले जिल्लाका १० वटै पालिकामा प्रतिनिधि राखेर संस्थाले सञ्चालन गरेका अभियानलाई अगाडि बढाउने योजनाका साथ अगाडि बढेको छ ।

वि.सं.२०७८ मंसिर २९ बुधवार १४:३६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...