back
Mega Long Ad

बजाजको नयाँ शोरुम अब गुलरिया, बर्दियामा

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले गुलरिया, बर्दियामा सम्पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम“ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेड” को उद्घाटन गरेको छ ।
नेपालमा सबभैन्दा अधिक बिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुलरियामा पनि शोरुम संचालनमा ल्याएको छ । यस उद्देश्यलाई सार्थक बनाउन ग्लोबल अटोमोटिभ्स प्राइभेट लिमिटेडका प्रोपराइटर चन्द्रदिप जोशीलाई डिलरसीप प्रदान गरिएको छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधैंँ प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले भन्नुभयो, “हामी गुलरियामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । हामीले आशा गरेका छौँ कि यो नयाँ शोरुम विस्तारसँगै यसले ग्राहकहरुको जीवनसहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्ने छन्।”

वि.सं.२०७८ पुस १ बिहीवार १४:२४ मा प्रकाशित

You can share this post!

prabhu bank
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वि.सं.२०७९ असार १६ बिहीवार १८:१०

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा...

नेप्सेले हटायो एओएन सम्वन्धी व्यवस्था, असार १९ गतेदेखि लागू हुने

नेप्सेले हटायो एओएन सम्वन्धी व्यवस्था, असार १९ गतेदेखि लागू हुने

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अल अर नट (एओएन)...

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

छुट्ला है १० हजार कित्तासम्म भर्न पाईने आईपीओ, नजिकियो आवेदन दिने अन्तिम मिति !

छुट्ला है १० हजार कित्तासम्म भर्न पाईने आईपीओ, नजिकियो आवेदन दिने अन्तिम मिति !

वि.सं.२०७९ असार १६ बिहीवार १७:४३

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिन म्याद थप...

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

वि.सं.२०७९ असार १६ बिहीवार १७:२५

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले पोखराका दुईवटा...

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

वि.सं.२०७९ असार १६ बिहीवार १७:१७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला...