back
NMB ad

पुलिसलाई हराउँदै मनाङ लिगको शीर्ष स्थानमा

Kumari bank ad

पोखरा । नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङदी क्लब ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले शनिबार पोखरा रंगशालामा पुलिसलाई ३-१ गोल अन्तरले पाखा लगाएको हो । मनाङको जीतमा अन्जन विष्टले दुई गोल गर्दा निशान लिम्बुले एक गोल थपे ।

पुलिसका सुमन लामाले पेनाल्टी सुट आउटमा सान्त्वना गोल फर्काए । जितेसँगै मनाङले १३ अंक बटुलेको छ । मनाङले पोखरालाई होम ग्राउण्डको रुपमा छनोट गरेसँगै एन्फाले पहिलो पटक पोखरामा लिग सञ्चालन गरेको हो ।

जारी लिगका थप दुई खेल पोखरामा हुनेछन् । गण्डकी प्रदेश सरकारले मनाङ मर्स्याङ्दी क्लबलाई १० लाख सहयोग गर्ने घोषणा गरेको छ । गण्डकीका खेलकुदमन्त्री राजीव गुरुङ मनाङ मर्स्याङ्दीका सल्लाहकार हुन् ।

पोखराको खेल हेर्न १ सय र ३ सयको टिकट व्यवस्था गरिएको छ । यहाँबाट हुने आम्दानी सबै मनाङको हुनेछ भने व्यवस्थापन पनि मनाङले नै गर्नेछ । योसँगै एएफसी कप छनोटमा मनाङको सम्भावना पनि बलियो भएको छ । एन्फा उपाध्यक्ष कृष्ण थापाले ए डिभिजन लिगका सबै खेल पोखराले खेलाउन सक्ने बताए ।

‘अहिले पहिलो अभ्यास भएको छ । अब आगामी लिगका सबै खेल पोखरामा खेलाउन सकिन्छ,’ उनले भने, ‘हामीसँग पर्याप्त संरचना छ । व्यवस्थापन राम्रो छ ।’

यो जीतसँगै मनाङको एएफसी कप छनोट खेल्ने सम्भवना पनि बलियो बनेको छ । सातवटा खेल खेलिसक्दा शीर्ष स्थानमा रहेको क्लवले एएफसी छनोट खेल्न पाउने छ ।

वि.सं.२०७८ पुस ३ शनिवार १८:४९ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?     

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?    

वि.सं.२०८१ असार २ आइतवार ०६:१३

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता   

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता   

वि.सं.२०८१ असार १ शनिवार १७:२८

काँक्रेविहार (सुर्खेत) १ असार : कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका...

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

वि.सं.२०८१ असार १ शनिवार १५:३७

जलेश्वर, १ असार: महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका...

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

वि.सं.२०८१ असार १ शनिवार १५:२९

काठमाडौँ, १ असारः काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही...

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

वि.सं.२०८१ असार १ शनिवार १५:२५

सिन्धुपाल्चोक, १ असार : हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम...

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ असार १ शनिवार १५:२१

फुङ्लिङ, १ असार : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६...