back
NMB ad

थप चार कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । थप चार कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुको गत विहीबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

पुस १ गतेदेखि यता दुई फाइनान्स, एक बैंक र एक जलविद्युत कम्पनीले लाभांश घोषणा गरेका हुन् ।

ती चारवटै कम्पनीहरुले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट बोनस सेयर र नगद लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्नेमा प्रोग्रेसिभ फाइनान्स, पोखरा फाइनान्स, कृषि विकास बैंक र नेपाल नेपाल हाइड्रो डेभलपर्स कम्पनी रहेका छन् ।

प्रोग्रेसिभ फाइनान्स : प्रोग्रेसिभ फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको गत बिहीबार बसेको संचालक समितिको बैठकले ७.३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंक सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भई बैंकको आगामी वार्षिक साधारा सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

पोखरा फाइनान्स : पोखरा फाइनान्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको गत बिहीबार बसेको संचालक समितिको बैंठकले ८.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.०७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति लिई कम्पनीको आगामी २५औं वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण हुनेछ ।

कृषि विकास बैंक : कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैंक सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने भएको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भई बैंकको आगामी वार्षिक साधारा सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

नेपाल हाइड्रो डेभलपर्स : नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले ७.३६८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात वितरण गरिनेछ ।

वि.सं.२०७८ पुस ४ आइतवार १३:२५ मा प्रकाशित

You can share this post!

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...