काठमाडौं । हिमालयन डिष्टिलरीले लाभांश घोषणा गरेको छ । कमपनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १०० प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीले सेयरधनीलाई ७५ प्रतिशत बोनस र कर सहित २५ प्रतिशत नगद लाभांश दिने भएको हो ।ककम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुनेछ ।
लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा गर्ने भएको छ । उक्त प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
वि.सं.२०७८ पुस ७ बुधवार १०:४५ मा प्रकाशित