काठमाडौ । चालु आर्थिक बर्षको पाँच महिनामा देशको व्यापार घाटा ५४.७० प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब ४८ करोड पुगेको छ ।
भन्सार विभागका अनुसार यस अवधिमा आयात ५९.५५ प्रतिशतले बडेर ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । भने निर्यात १०५.६१ प्रतिशतले बढेर १ खर्ब २ अर्ब ९२ करोड पुगेको छ ।
यो अवधिमा निर्यातमा बृद्धि भएपनि आयातको भोलुम ठूलो हुदा व्यापारघाटामा उच्च विन्दुले बृद्धि भएको हो ।
वि.सं.२०७८ पुस ८ बिहीवार १३:०६ मा प्रकाशित