back
NMB ad

विद्यालयको विज्ञान प्रयोगशालाका सामग्री भान्सा कोठामा

Kumari bank ad

दैलेख । ठाटीकाँध गाउँपालिका-१ लकान्द्रस्थित कृष्ण माध्यामिक विद्यालय ठाटीकाँध गाउँपालिका कार्यालयको दैलोमै छ । गाउँपालिकाका अन्य विद्यालयको तुलनामा यहाँ विद्यार्थीको चाप अत्याधिक छ । गाउँपालिका कार्यालय नजिकै र विद्यार्थी पनि प्रशस्तै हुँदा समेत अवश्यक भवन नहुँदा विद्यालयको साख दिनहुँ घट्दो छ ।

कुनै बेला लकान्द्रको हाइ स्कुल कृष्ण उच्च माध्यामिक विद्यालयुका रुपमा परिचित थियो । तर, अहिले उच्च हटेर कृष्ण माध्यामिक विद्यालयमा सिमित छ । उच्चदेखि माध्यामिक विद्यालमा झरेदेखि विद्यालयको शैक्षिक गुणस्तर पनि खस्किदै गएको छ ।

भवन अभावमा साइन्स सामग्री भान्सा कोठाको बोरामा

विद्यालयमा रहेका साइन्सका सामग्री भवन अभाव कारण भान्सा कोठामा थन्काइएको छ । यो विद्यालयमा भवन अभाव मात्र होइन आवश्यक अन्य पुर्वाधार पनि छैनन् ।विद्यालयमा भएका विज्ञान सामग्री भान्सामा थन्काएको मात्रै होइन अन्य सामग्री के के छन् भनेर समेत विज्ञान शिक्षक पंकज कठायत र विद्यालयका प्रधानाध्यापक इला मल्ल शाहीलाई थाहा छैन । विद्यालयमा साइन्सको सामग्री आएको लामो समय भयो,’ प्रधानाध्यापक शाहीले भनिन्, ‘के कति सामान छ हेर्नु पर्छ । विद्यालयमा भवन अभावमा साइन्सको सामग्री थन्किएको साँचो कुरा हो । विद्यालयमा साइन्स सामग्री मात्र होइन विद्यार्थी राख्ने कोठा समेत नहुँदा समस्या छ ।’

विद्यालयमा साइन्स शिक्षक भनेर तोकिएका शिक्षकलाई नै साइन्सका कुन कुन सामग्री छन् रु कुन सामग्री छैनन् भन्ने जानकारी नहुनु लापर्वाहीको पराकाष्ठा भएको अभिभावकहरु बताउँछन् ।

कम्प्युटर छ विद्यार्थीको उपयोगमा छैन

कृष्ण माध्यामिक विद्यालयमा २४ वटा कम्प्युटर छन् । नेपाल सरकारको शिक्षा विभागबाट २४ वटा कम्युटर विद्यालयलाई उपलब्ध गराएको कम्युटर प्रयोगविहिन अवस्थामा रहेका छन् । र त्यसअघि पनि शिक्षा कार्यालय दैलेखले पाँच वटा कम्युटर र रातो बंङ्गलादेखि दुई वटा कम्युटर उपलब्ध गरिएको थियो ।

यी कम्युटरमा खिया लागेर नचल्ले अवस्थामा पुगेका छन् । विद्यार्थीलाई कम्प्युटर सिकाउनकै लागि विद्यालयमा कम्प्युटर शिक्षक तोकिएको छ । तर, पनि कम्प्युटर शिक्षकले कम्प्युटर नपढाएको सोही विद्यालयका कक्षा १० मा अध्यनरत एक विद्यार्थी बताउँछन् । हामीले कम्युटर शिक्षकलाई कम्प्युटर सिकाउन धेरै दिन अनुरोध गर्‍यौँ,’ उनले भने, ‘अनुरोध गर्दा पनि भोलिभोलि भन्दै टार्दै गएको र त्यो दिन आएन ।’

विद्यालयभित्र भएका सामग्री पनि सुरक्षित छैनन्

कृष्ण माध्यामिक विद्यालयमा विद्यालयभित्र रहेका सामानसमेत चोरी हुँदै आएका छन् । पेसा व्यवसायमा विद्यार्थीलाई सिकाउनको लागि ल्याइएको सिलाइ मेसिन, कुटोकोदालो समेत चोरी भएका छन् । सामानहरू चोरी हुँदासमेत विद्यालय प्रशासन रमिते बनेर बसेको अभिभावकहरू बताउँछन् ।

शौचालय छ पानी छैन

विद्यालयमा ६ कक्षादेखि १० कक्षासम्म १२ सय जना विद्यार्थी छन् । तर, तिनका लागि न त पानीको व्यवस्था छ । न त सफा चर्पीको व्यवस्था नै राम्रो छ । पानी पिउनको लागि विद्यार्थी विद्यालय बाहिर करिब पाँच मिनेट लाग्ने धारामा पानी पिउन पुग्छन् । जसले गर्दा उनीहरूको पढाइसमेत प्रभावित हुने गरेको छ ।

वि.सं.२०७८ पुस ८ बिहीवार १६:१७ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...