काठमाडौं । साताको अन्तिम कारोबार दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ ।
उक्त दिन कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो । बिहीबार कम्पनीको सेयर मूल्य ९.०५ प्रतिशत अर्थात प्रतिकित्ता ३७४ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ४ हजार ४९८ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार १३ करोड ५५ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ३१ हजार ६३ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ पुस ८ बिहीवार १५:२८ मा प्रकाशित