back
NMB ad

प्रदेश-१ लाई पराजित गर्दै एपिएफले जित्यो उपाधि

Kumari bank ad

धनगढी । धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपिएफले जितेको छ । आइतबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल चरणको खेलमा प्रदेश -१ लाई ७ विकेटले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १ ले निर्धारित २० ओभरमा ६७ रन मात्रै बनाउन सकेको थियो । सुरुवाती ब्याट्सम्यान कप्तान रुबिना क्षेत्रीले ३४ र अप्सरा वेगमले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न नसक्दा प्रदेश-१ न्यून स्कोरमा समेटिन पुगेको थियो । प्रदेश १ लाई न्यून स्कोरमा रोक्ने क्रममा एपिएफकी बलर सीता राना मगरले ३ तथा रेखा रावलले २ विकेट लिईन् ।

जितका लागि ६८ रनको लक्ष्य पक्ष्याएको एपिएफले १४ ओभर २ बल खेल्दै जित हासिल गरेको हो । एपिएफका लागि ओपनर ज्योति पाण्डेयले अविजित ३७ रन बनाइन्, भने ममता चौधरीले १७ रन बनाइन् । उपाधि हात पारेसँगै एफिएफले नगद पाँच लाख तथा ट्रफि प्राप्त गरेको छ ।

वि.सं.२०७८ पुस ११ आइतवार १६:३० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...