back
NMB ad

कोरोना महामारीपछि ह्वात्तै बढ्यो ल्यापटप खपत, ५ महिनामै साढे ६ अर्बको आयात

Kumari bank ad

काठमाडौं । चालु आथिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा करिब साढे ६ अर्ब रुपैयाँको ल्यापटप तथा नोटबुक आयात भएको हो ।

भन्सार विभागले हालै सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार उक्त अवधिमा ६ अर्ब ४७ करोड ३५ लाख ५३ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको हो ।

उक्त अवधिमा नेपालमा विश्वका करिव तीन दर्जन मुलुकहरुबाट १ लाख ११ हजार ६६ थान ल्यापटप तथा नोटबुक भित्रिएको छ । ल्पापटप तथा नोटबुक आयातबाट सरकारले ८४ करोड १० लाख ९४ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी तथा सरकारले जारी गरेको निषेधाज्ञाको कारण अधिकांश कार्यालय तथा शैक्षिक गतिविधि डिजिटल मार्फत संचालन हुने हुँदा पनि नेपालमा ल्यापटप तथा नोटबुकको माग निकै वृद्धि भएको छ ।

पछिल्लो समयमा जसको प्रभाव आयातमा परेको छ । कोरोनाका कारण नेपालमा ल्यापटपको माग मात्रै बढेको छैन, मूल्य पनि निकै बढेको छ ।

महामारीका कारण भौतिक उपस्थितिमा नै हुने अधिकांश शैक्षिक गतिविधि, सभा–सम्मेलन, गोष्ठी, तालिम लगायतका भिडभाडजन्य कार्यक्रमहरु भर्चुअल माध्यमबाट संचालन हुने गरेपछि ल्यापटपको माग उच्च वृद्धि भएको विभागले जनाएको छ ।

नेपालमा सबैभन्दा बढी चाईनीज ल्यापटप तथा नोट भित्रिएको विभागले जनाएको छ । विभागको तथ्याङ्क अनुसार मंसिर मसान्तसम्ममा चीनबाट मात्रै ६ अर्ब १२ करोड ९८ लाख ७२ रुपैयाँ बराबरको आयात भएको छ । उक्त देशबाट १ लाख ५ हजार ९७१ थान ल्यापटप तथा नोटबुक आयात भएको हो ।

यस्तै, बढी आयात हुनेको दोस्रो स्थानमा रहेको मलेशियाबाट २० करोड ५८ लाख ३ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक नेपाल भित्रिएको छ । उक्त देशबाट नेपालमा ३ हजार १०५ थान ल्पायटप तथा नोटबुक आयात भएको हो ।

यस्तै, चालु आवको पछिल्लो पाँच महिनाको अवधिमा सिंगापुरबाट ५ करोड ३१ हजार, अमेरिकाबाट ३ करोड ३ लाख ५२ हजार, जापानबाट १ करोड ९ लाख ६५ हजार रुपैयाँ बराबरको ल्यापट तथा नोट बुक आयात भएको छ ।

त्यसैगरि यूएईबाट ९० लाख १४ हजार, ताइवानबाट ६३ लाख ८४ हजार, थाइल्याण्डबाट ५२ लाख ७३ हजार, कोरियाबाट ४९ लाख १३ हजार, भारतबाट ३६ लाख ८ हजार, भेटनामबाट ३१ लाख ६६ हजार, फिलिपिन्सबाट २० लाख ४० हजार र अष्ट्रेलियाबाट १९ लाख २१ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

यता, स्वील्याण्डबाट १३ लाख ७ हजार, बेलायतबाट ९ लाख ७ हजार, मेक्सिकोबाट ५ लाख ५५ हजार, कतारबाट ४ लाख १६ हजार, नेदरल्याण्डबाट ३ लाख ४६ हजार, डेनमार्कबाट २ लाख ७४ हजार, हङकङकबाट २ लाख ८ हजार इज्रायलबाट १ लाख १५ हजार, आयरल्याण्डबाट १ लाख १ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको छ ।

चालु आवको मसान्तसम्ममा स्वीट्जरल्याण्ड, स्वीडेन, स्पेन, साउदी अरेबीया, म्यानमार, कुवेत, जर्मनी, फ्रान्स, फिनल्याण्ड, बह्राइन लगायतको देशरुबाट ल्याटप तथा नोटबुक नेपाल भित्रिएका छन् ।

वि.सं.२०७८ पुस ११ आइतवार १७:४३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...