back
NMB ad

साहज उर्जा कम्पनीले बनाउन लागेको आयोजनामा २ इन्जिनियरको मृत्यु, एक घाइते

Kumari bank ad

काठमाडौं – साहस ऊर्जा लिमिटेडले बनाउँदै गरेको दूधकोसी (८६ मेगावाट) को पेनस्टक पाइपको प्रेसर परीक्षण गर्ने क्रममा पाइप पड्कदा दुई जना इन्जिनियरको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा आयोजनामा कार्यरत अछामका सुवासराज काफ्ले र काभ्रेका अर्जुन थापा छन् । सो आयोजनाका अनुसार एक जना भने घाइते भएका छन् । साहस ऊर्जाका अध्यक्ष हिमप्रसाद पाठकका अनुसार पेनस्टक पाइपको हाइड्रोलिक टेस्ट (पाइपले पानी थेग्न सक्ने परीक्षण) का क्रममा पाइप फुट्दा उक्त दुर्घटना भएको हो ।

‘पाइपको ज्वाइन टेस्ट गर्न पानी राखेर हेर्नुपर्ने हुन्छ,सोही क्रममा पाइप फुटेर दुईजनाको मृत्यु भएको आयोजनाले जनाएको । यो आयोजनामा ६ सय मिटरको उचाइबाट प्रतिसेकेण्ड १७ घनमिटर पानी तीव्र गतिले पेनस्टक पाइपमा खस्दा त्यसभित्रको अत्यधिक चाप सहन नसकी पाइप फुटेको आयोजनाको दावी रहेको छ । सो आयोजनामा हाइड्रो–मेकानिकलका कार्य गुणस्तरहीन रहेको यो घटनाले संकेत गर्ने उर्जाविद्हरुको भनाई रहेको छ ।

आयोजनामा एक जना पनि सम्बन्धीत क्षेत्रको विज्ञ छैनन। सहकारीका केही नेताहरु मिलेर सो आयोजना निर्माणमा हात हालेका हुन् । आयोजना इन्जिनियरले गर्ने भएकोले कुनैपनि समस्या नहुने आयोजनाका सन्चालकहरुले दावी गर्दै आइरहेका थिए । आयोजनामा हाइड्रो–मेकानिकलको ठेकेदार माछापुच्छ«े मेटल एण्ड मेसिनरी वक्र्स प्रालि छ । यसको परमार्शदातामा नेपालको हाइड्रो–कन्सल्ट इन्जिनियरिङ लिमिटेड र फिचनर जीएमबीएच एण्ड कम्पनीको संयुक्त उपक्रम छन् ।

 

वि.सं.२०७८ पुस १२ सोमवार १७:३० मा प्रकाशित

You can share this post!

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...