काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीका संस्थापक सेयरधनी स्कन्द श्रेष्ठले आफने नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।
उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक योग्य विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजका मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय धुलिखेलमा पेश गर्नुपर्नेछ ।
तोकिएको मितिमा संस्थापकहरुबाट निवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति/संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ पुस १३ मंगलवार १२:०५ मा प्रकाशित