काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९२ हजार १ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २४५ रुपैयाँ कायम भएको छ । बुधावर भने १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ पुस १५ बिहीवार ११:३२ मा प्रकाशित