back
Kumari Bank

इरानले अन्तरिक्षमा पठायो क्षेप्यास्त्रमा तीन ओटा अनुसन्धान कार्गो

Nepal Bank

तेहरान । इरानले अन्तरिक्षमा तीन ओटा अनुसन्धान कार्गो पठाएको छ । सन् २०१५ को आणविक सम्झौता व्युँताउने विषयमा इरान र पश्चिमेली देशहरुबीचको वार्ता अवरुद्ध भइरहेका बेला इरानले अन्तरिक्षमा कार्गो पठाएको हो । अन्तरिक्षको अनुसन्धान गर्न भन्दै उसले एउटा क्षेप्यास्त्रमा तीन ओटा अनुसन्धान उपकरण पठाएको हो । इरानको वायु फौजका प्रवक्ता अहमद हुसेनले भने, ‘यस अन्तरिक्ष अनुसन्धान अभियानमा पहिलो पटक क्षेप्यास्त्रमार्फत तीनओटा अनुसन्धान उपकरण पठाइएको छ ।’

मध्यपूर्वमा सबैभन्दा धेरै मिसाइल कार्यक्रम रहेको इरानले प्रक्षेपण गरेका भूउपग्रह पछिल्लो समयमा विफल भएका छन् । प्राविधिक समस्याका कारण ती क्षेप्यास्त्र विफल भएका हुन् ।

अमेरिकाले आफ्ना आणविक कार्यक्रम स्थगित गर्न जोड दिँदै आएको छ । सन् २०१८ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम प्रशासनले इरानमाथि प्रतिबन्ध लगाएपछि इरानले आफ्ना आणविक कार्यक्रमलाई पुनः निरन्तरता दिएको थियो ।

इरानको आणविक वार्ता निकै निकै सुस्त गतिमा अगाडि बढेको यसै साता अमेरिकाले जनाएको थियो । पूर्वराष्ट्रपति टम्पले इरानमाथि लगाएको प्रतिबन्ध हटाएमा मात्र आफूले आणविक कार्यक्रम रोक्ने इरानले बताउँदै आएको छ । वर्तमान राष्ट्रपति जोन बाइडेनले पनि इरानले आणविक कार्यक्रम त्याग्नुपर्ने बताउँदै आएका छन् ।

 

वि.सं.२०७८ पुस १६ शुक्रवार ०९:०१ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा ६९ प्रतिशत प्रगति

नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा ६९ प्रतिशत प्रगति

वि.सं.२०८२ असार १८ बुधवार १२:११

दयाराम आचार्य त्रिवेणी (नवलपरासी) :  नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक...

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता   

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता   

वि.सं.२०८२ असार १८ बुधवार ११:४०

काठमाडौँ : राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा...

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८२ असार १८ बुधवार ११:२६

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज...

सर्वसाधारणको लागि विकाश हाइड्रोपावरको आईपीओ खुला

सर्वसाधारणको लागि विकाश हाइड्रोपावरको आईपीओ खुला

वि.सं.२०८२ असार १८ बुधवार ११:१६

काठमाडौं । विकाश हाइड्रोपावर लिमिटेडले आज असार १८ गते देखि...

देशका अधिकांश भागमा वर्षा हुने   

देशका अधिकांश भागमा वर्षा हुने   

वि.सं.२०८२ असार १८ बुधवार ०६:५१

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु   

ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु   

वि.सं.२०८२ असार १८ बुधवार ०६:२५

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि...