back
NMB ad

राष्ट्र बैंकको सत प्रतिशत नगद मार्जिन व्यवस्था स्वागत योग्य छः पवन गोल्यान

Kumari bank ad

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन गोल्यानले राष्ट्र बैंकद्धारा केही वस्तुमा लगाईएको सत प्रतिशत मार्जिनको व्यवस्था स्वागतयोग्य रहेको बताएका छन् । सिबिफिनले आज (शुक्रबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्यानले यस्तो बताएका हुन् ।

“केही दिन अगाडी राष्ट्र बैंकले १८ वस्तुको आयातमा सत प्रतिशत र मोटरसाइकल लगायतका दुई शिर्षकका वस्तुमा पचास प्रतिशत नगद मार्जिनको व्यवस्था गरेको छ, जुन स्वागतयोग्य छ । तर, १८।२० वस्तुमा मात्रै नभई औद्योगीक कच्चा पदार्थ, औद्योगीक मेसिनरी सामान बाहेकका हरेक किसीमका वस्तुको आयातमा यसरी नै क्यास मार्जिनलाई अनिवार्य राख्नुपर्दछ ।” उनले भने ।

मुलुकको आर्थिक अवस्था कोभिडबाट तहसनहस भएको समयमा देशले अहिलेको ट्रेनमा आयात धान्न नसक्ने उनले बताए । “अहिलेको आयातलाई कम गर्ने पर्छ, आयात प्रतिस्थापन कर कम्तीमा पनि १५ प्रतिशत लगानउनुपर्छ ।” उनले भने ।

अति आवश्यक र स्वदेशमा नै उपलब्ध गराउन नसकिने बाहेकका सबै प्रकारका वस्तु तथा सेवा आयातमा नै सत प्रतिशत नगद मार्जिनको व्यवस्था गरी आयातमा कडाई गर्नुपर्ने गोल्यानको भनाई छ । आयातमा कडाई मात्रै नभई स्वदेशको उत्पादनलाई समेत प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

कृषिजन्य आयातमा अझ थप कडाई गर्नुपर्ने र यहाँको उत्पादनलाई नै बढवा दिनुपर्ने गोल्यानले बताए । उनले भने “जबसम्म विदेशबाट आउने कृषिजन्य उत्पादनको आयातमा कडाई गरी नेपाली उत्पादनलाई स्थान दिईदैँन तबसम्म जतिसुकै विकास र समृद्धिको कुरा गरेपनि केही हुँदैन ।”

नेपालमा नै उत्पादन गर्न सकिने आलु अहिले पनि दिनमा ३० ट्रक आलु बबंगलादेशबाट आउने बताउँदै यो दुर्भाग्य पुर्ण कुरा रहेको बताए । यस्तो आयातलाई हामीले रोक्न जरुरी छ । आर्थिक क्षेत्रमा कुनैपनि क्राईसेस आउँदासाथ बैंकहरुले गाली खानुपर्ने अवस्था आउँछ, राष्ट्र बैंकले दबावपूर्ण रुपले स्प्रेड दर, ईपीएस लगायतका विषयमा सिमा तोकेर तत्काल लागु गर्न लगाईन्छ । तर यसको लागि महत्वका साथ अगाडी बढाउनुपर्ने र प्रोत्साहन गर्नुपर्ने क्षेत्रबाहेकका क्षेत्रमा ब्याजदर नै ४ प्रतिशत बढी गराउने हो भने यी र यस्ता समस्याहरु धेरै कम हुने अध्यक्ष गोल्यानले बताए ।

बैंक तथा वित्तीय संस्थाहरु सधै देशको विकाश होस भन्ने पक्षबाट लागिरहेको बताउँदै कुनै निश्चित समूह तथा व्यक्तिलाई नाफा हुने गरी नियामक निकायले नियम नबनाउन उनले आग्रह गरे ।

वि.सं.२०७८ पुस १६ शुक्रवार १९:२५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...