back
NMB ad

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

Kumari bank ad

काठमाडौं । आज अर्थात आइतबार विभिन्न पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

पुस १८ गते अर्थात आइतबार सेञ्चुरी कमर्सियल बैंकसहित पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

आइतबार सेञ्चुरी कमर्सियल बैंक, मिर्मिरे लघुवित्त, मिथिला लघुवित्त, प्रोग्रेशिभ फाइनान्स र कालिका पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी पाँच वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १९ गते सोमबार बुक क्लोज गर्दैछन् । त्यसकारण आइतबारसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ५. ७५ प्रतिशत बोनस सेयर र ०.३० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि बैंकले पुस ३० गत साधारण सभा बोलाएको छ ।

आउँदो सोमबार अर्थात पुस १९ गतेदेखि २९गतेसम्म बुक क्लोज गर्न लागेको मिर्मिरे लघुवित्तले भने गत आवको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते सभा डोकेको छ ।

यस्तै, मिथिला लघुवित्तले पनि सोमबार बुक क्लोज गर्दैछ । पुस १८ गते (आइतवार) सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते सभा बोलाएको छ ।

त्यसैगरि प्रोगेशिभ फाइनान्स कम्पनीले पनि पुस १९ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण आइतवारसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते सभा गर्ने भएको छ ।

यता, कालिका पावर कम्पनीले पनि साधारण सभा प्रयोजनको लागि पुस १९ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्नेभएको छ । त्यसकारण पुस १८ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते सभा बोलाएको छ ।

वि.सं.२०७८ पुस १८ आइतवार ०८:०४ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...