back
NMB ad

नयाँ वर्षको पूर्वसन्ध्यामा फ्रान्समा किन जलाइन्छ सयौं कार ?

Kumari bank ad

एजेन्सी । नयाँ वर्षको पूर्वसन्ध्यामा फ्रान्समा सयौं कार जलाइएको छ । दशकौं लामो परम्पराको एउटा अंशको रुपमा यो वर्ष ८७४ कार जलाइएको हो । सो विवादास्पद संस्कार रोक्ने क्रममा उत्तरपूर्वी फ्रान्सको स्ट्रसवर्गमा चार जना प्रहरी अधिकारी घाईते भएका छन् ।

कोभिड महामारीका कारण यो वर्ष जलाइने कारको संख्या पहिलेको तुलनामा घटेको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् । सन् २०१९ मा एक हजार ३१६ र सन् २०२१ मा ८७४ कारहरु जलाइएका थिए । लकडाउनका कारण सन् २०२० को तथ्यांक भने सार्वजनिक गरिएको छैन् ।

कार जलाउने परम्परा सन् १९९० को दशकदेखि स्ट्रसवर्गमा सुरु भएको थियो । न्यून आय भएका युवाहरुले विरोधस्वरुप सुरुमा यस्तो परम्पराको थालनी गरेका थिए, जुन पछि गएर विद्रोह गर्ने एउटा संस्कार बनेको छ । सन् २००५ मा अहिलेसम्मकै ठूलो संख्यामा कार जलाइएको थियो । कार जलाइनुका विभिन्न कारण छन् ।

तीमध्ये युवाहरुको विद्रोह र आपराधिक कार्य ढाकछोप मुख्य कारण हुन् । गृहमन्त्री गिराल्ड डार्मानिनले अघिल्ला वर्षको तुलनमा थोरै कार जलेका भन्दै कानुन कार्यन्वयन निकायका अधिकारी र दमकलका कर्मचारीको प्रशंसा गरे । यो वर्ष कार जलाउने ४४१ जनालाई पक्राउ गरिएको उनले बताए ।

वि.सं.२०७८ पुस १८ आइतवार १२:०३ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...