काठमाडौं । १० प्रतिशत ‘क्रस होल्ड’ सेयर रहेका लघुवित्त संस्थाहरुको मर्जरलाई राष्ट्र बैंकले बाध्यकारी बनाएको छ । सोमबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको १० प्रीतशत भन्दा बढी ‘क्रस होल्ड’ सेयर रहेका लघुवित्तको मर्जरलाई वाध्यकारी बनाएको जनाएको छ ।
त्यस्तै राष्ट्र बैंकले ‘क्रस होल्ड’ भएका लघुवित्त संस्थाहरुलाई मर्जरको कार्य योजना तयार पार्नका लागि २०७९ असार मसान्तसम्मको समय पनि दिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार कुनैपनि बाणिज्य बैंक, विकास बैंक वा फाइनान्स कम्पनीको विभिन्न लघुवित्त संस्थाहरुमा १० प्रतिशत भन्दा बढी रहेछ भने अनिवार्य मर्जर हुनुपर्ने र सोको लागि कार्ययोजना समेत बुझाउनुपर्ने छ ।
साथै दुई/तीन वटा संस्था मिल्दा ५१ प्रतिशत सेयर पुग्ने रहेछ भने पनि मर्जरका लागि कार्ययोजना बुझाउनु पर्ने राष्ट्र बैंकको निर्देशनमा छ । उनीहरुले राष्ट्र बैंकको निर्देशन अनुसार आफ्नो क्षेत्रमा पर्ने संस्थाहरु कुन कुन हुन् र कहिलेसम्म मर्ज गर्ने भनेर कार्ययोजना बुझाउनु पर्ने हुन्छ।
वि.सं.२०७८ पुस १९ सोमवार १८:२८ मा प्रकाशित