back
NMB ad

मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेट(MOCO Digital Wallet) सँग सहकार्य गरेको छ ।

यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको (MOCO) डिजिटल वालेटमा बिना कुनै मौज्दात (Balance), बिना कुनै शुल्क सहज रुपमा लोड गरी मोको डिजिटल वालेट (MOCO Digital Wallet) को प्रयोग गर्न सक्नेछन ।

मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान (QR Code Scan) गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन ।

यस सुविधा मार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात (Balance) लोड गर्नुनपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो ।

सिइओ खुञ्जेलीका अनुसार, अबमेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेट (MOCO Digital Wallet) का नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन् । मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवा दिन पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

मोको (MOCO) सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो । यो एपले Payment Card Industry Data Security Standard (PCI DSS) को नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको हुँदा यो App सुरक्षित Back-end प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ्ग प्रमुख बिश्व सिंहले जानकारी दिनुभयो ।

MOCO प्रयोगकर्ताहरूले प्रत्येक कारोवारको लागि Reward Point हरू प्राप्त गर्नेछन भने संकलन भएको Reward Point हरू पछि MOCOको सहयोगीहरू र साझेदारहरूमार्फत आकर्षक उपहार तथा भौचरहरु Redeem गर्न समेत प्रयोग गर्न सकिन्छ MOCO App गुगलप्ले स्टोर र App Store बाट सजिलै डाउनलोड गर्न सकिने मेगा बैंकले जनाएको छ ।

वि.सं.२०७८ पुस २२ बिहीवार १५:४३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...