काठमाडौं । यस साता सेयर बजारमा २ करोड २९ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । तीन कम्पनीको २ करोड २९ लाख ३७ हजार कित्ता बोनस सेयर थपिएको हो ।
यस साता अरुण भ्याली हाइड्रोपावर, सानिमा बैंक र कामना विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।
जसमध्ये मंगलबार अरुण भ्यालीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीले बोनस सेयर वापतको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर सूचीकृत गराएको हो ।
यस्तै, बुधावर नेप्सेमा सानिमा बैंकले १७ प्रतिशत बोनस बापतको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता र कामना सेवा विकास बैंकको १८.५० प्रतिशत बोनस सेयर वापतको ४९ लाख ६ हजार १३२.९०३४ कित्ता सेयर सूचीकृत भएको हो ।
अब यी तीनै वटा कम्पनीको सेयर सम्वन्धित सेयरधीहरुको हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।
वि.सं.२०७८ पुस २२ बिहीवार १९:०२ मा प्रकाशित