back
NMB ad

भोलि तीन कम्पनीको साधाण सभा हुँदै, लाभांश पारित लगायत यस्ता छन् मुख्य एजेण्डाहरु ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात आइतबार महालक्ष्मी विकास बैंकसहित तीन कम्पनीको साधारण सभा हुँदैछ ।

उक्त दिन महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्र वित्तीय संस्था र माउन्टेन इनर्जी नेपालको साधारण सभा हुँदैछ ।

आइतबार महालक्ष्मी विकास बैंकको २०औं वार्षिक साधारण सभा आर्मी अपिसर्स क्लब भद्रकाली टुडिखेलमा बिहान ११ बजे सुरु हुँदैछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

सभाले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंक गत आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । पुस १२ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

यस्तै, भोलि अर्थात पुस २५ गते निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २३औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले पनि लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

सभाले २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सभा प्रयोजनको लागि पुस १३ गतेदेखि २५ गतेसम्म बन्द रहने छ । पुस १२ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यसैगरि माउन्टेन इनर्जी नेपालले आठौं वार्षिक साधारण सभा आइतबार हुँदैछ ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले सभा प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

वि.सं.२०७८ पुस २४ शनिवार १८:१२ मा प्रकाशित

You can share this post!

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा...