back
NMB ad

‘नेपाली फिल्म क्षेत्रमा तत्काल नयाँ लगानीकर्ता नआउने हो भने संकट लम्बिन्छ’

Kumari bank ad

काठमाडौं । कोरोना महामारीले नेपाली फिल्म उद्योग ठप्प भएको अवस्थामा भाडाकुटी नामक फिल्म बनाउने घोषणा गरेका निर्देशक किरण बिके अहिले अन्य फिल्म पनि बनाउने तयारीमा छन् ।

कोरोना महामारीका कारण सिनेमा घर बन्द भएको अवस्थामा उनले २०७७ कात्तिकमा आफ्नै निर्देशनमा फिल्म बनाउने घोषणा गरेका थिए, जुन कार्यकालाई फिल्म क्षेत्रले साहसी कदमको रुपमा लिएको छ । बिशेषगरि उनलाई  नेपाली फिल्म क्षेत्रको उदाउँदो फिल्म मेकर तथा निर्देशकको रुपमा हेरिएको छ ।

पछिल्लो समय फिल्म बुझेर पढेर लेखेर आउनेहरुको जमात बढ्दो त छ नै, त्यो भिडमा पनि विक पृथक मानिन्छन् । फिल्ममा ब्याचलर्स पास गरेका विकले केहि सर्ट फिल्म बनाइसकेका छन् ।

उनले प्रसिद्ध भारतीय फिल्म लेखक रोबिन भाटसंग पनि फिल्म लेखनको तालिम लिएका छन । प्रस्तुत छ, उनै बिकसंग समसामायिक बिषयमा गरिएको कुराकानीको सारः

नेपालमा अहिले फिल्मी माहोल कस्तो छ ?

बास्तवमा अहिले फिल्मी माहोल तातेको छ । कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीले फिल्मी क्षेत्र नमज्जाले प्रभावित भएको थियो । साथै, हलहरु पनि लामो समयसम्म बन्द भएका थिए । तर, अहिले हलहरु खुलपछि हिन्दी अंग्रेजी फिल्मले दर्शकलाइ हलसम्म तानेको छ । दर्शकहरुले फिल्म हल जान बिर्सेका रहेनछन । यसबाट हामी उत्साहित नै छौं । कोरोना पछि दर्शकहरु जुन रुपमा हलसम्म आएका छन्, त्यसले हामीलाई फिल्म निर्माण गर्न उत्साह दिएको छ ।

अंग्रेजी हिन्दि फिल्मको भर पर्नु ठिक हो त ?

मलाइ यो अचम्म लागेको छ । जसले यो भनिराको छ, उसको कन्फिडेन्स कहाँ बाट आइराछ ? अर्वाैको फिल्मसंग लाखौ वा बढीमा २/३ करोडमा बनेको फिल्मले कम्पिटिसन गर्न सक्दैन, यो तितो सत्य हो । हिन्दि अंग्रेजी फिल्मको भर पर्नु बाध्यता हो ।

कोरोनाकाल पछिको फिल्म समयलाई कसरी हेर्नु हुन्छ ?

स्थति उत्साहजनक त छैन । तर फिल्मको इतिहास हेर्नु हुन्छ भने संकटपछि फिल्म क्षेत्र झन बलियो भएर, झन राम्रो भएर आएको इतिहास छ । अब फिल्मको उर्वर समय सुरु हुन्छ ।

अलि व्याख्या गर्नुस न ?

भन्न के खोजेको हो भने अब नयाँ न्यारेसन आउँछ । जो घिसिपिटी फिल्म बनाइ राथे उनीहरु हराउँछन । संकट पछि जहिले पनि पुरानो सेलाउने र नयाँ उदाउने गर्छ, फिल्म क्षेत्रमा पनि त्यहि हुन्छ । अब नयाँ डिरेक्टर, नयाँ कथा, नयाँ स्टाइल आउँछ । दर्शकको टेस्ट धेरै नै फेरिसक्यो ।

पुराना फिल्म निर्माताहरुको अवस्था के छ ?

उनीहरु अलि सेलाएको अवस्था छ । लामो समय फिल्म होल्ड गरेर बस्नु पर्यो । उनीहरु पनि अब बिस्तारै फिल्म बजार तातिन थाले संग सुरु हुन थालेका छन ।

भाडाकुँटी फिल्म कहिलेदेखि निर्माणमा जान्छ ?

उक्त फिल्म बनाउने भनेर घोषणा त गरियो । धेरैले हौसला पनि दिनुभयो । तर, त्यसमा पर्याप्त मात्रामा लगानी जुट्न सकेको छैन । लगानी जुट्न साथ छाँयाकनमा जान्छौं । त्यो मैले घोषणा गरेको पहिलो फिल्म हो । यसलाई जसरी पनि सफल बनाउने छु ।

तपाईको अब अन्य तयारी के छ किरण जी ?

म एज अ राइटर डिरेक्टर तयारै छु । दुइ लक डाउनमा मैले दुइ वटा स्क्रिप्टकोप फस्र्ट ड्राफ्ट लेखिसके । बलियो प्रोड्युसर भेटिने बित्तिकै म फिल्म बनाउन लागि हाल्छु । उसो त एक फिल्म घोषणा गरेर पनि प्रयाप्त लगानी नभएका कारण रोकिएको छ । मैले कम बजेटमा काम गर्ने हुनाले लगानी जोगिने निस्चित छ । कमर्सियल एप्रोच हो । म अझै लगानी जुटाइरहेकै छु ।

अब कुन विधाको फिल्म बढी चल्ला ?

उसो त सबै विधाको फिल्म चल्छ राम्रो छ भने । नेपालमा कमै चलेको हर्रर विधामा कठपुतली आएको छ त्यो राम्रो छ । त्यत्तिको फिल्म चल्नु पर्छ । त्यसका अलावा दर्शक भर्खर लामो निरासा भोगेर आएकोले तत्काल कमेडी र लभ ड्रामा हेर्ने उनीहरुको चाहना छ । तत्काल उनीहरु मनोरंजनवाला फिल्म हेर्न चाहन्छन ।

वि.सं.२०७८ पुस २८ बुधवार १४:४२ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...