back
NMB ad

पि.भि.सी. पाइप : एक सामान्य परिचय

Kumari bank ad

पोलिभिनाइल क्लोराइड(एख्ऋ) विश्वमा सबैभन्दा धेरै प्रयोग हुने प्लास्टिकको प्रकार मध्य एक हो । यो विश्वमै तेश्रो सबैभन्दा बढी उत्पादन हुने सिन्थेटिक प्लास्टिक पनि हो । बहु–उपयोगी प्रकृतिको कारण यसलाई औद्योगिक, प्राविधिक लगायत दैनिक घरायसि प्रयोजनको लागि व्यापक रुपमा प्रयोग गन्छि । त्यस्तै सबैभन्दा धेरै प्रयोग हुनेएउटा क्षेत्र पाइपिङ र प्लम्बिङ पनि हो।

पि.भि.सी.पाइप मुख्य रुपमा ढल निकास र सिँचाइ प्रयोजनको लागि प्रयोग गरिन्छ। कडा बनावटको हुने भएकोले बाहिरी वातावरणले यसलाई खासै असर गर्दैन र रासायनिक र क्षारिय पदार्थहरुले पनि यसलाई बिगार्न सक्दैनन् । बनावट कडा भए तापनि तामा अथवा फलामको पाइपको तुलनामा यो अलिक बढी लचिलो हुन्छ जसले गर्दा जडान कार्य सजिलो हुन गइ सहज रुपमा निर्माण सम्पन्न हुन्छ । त्यसैले यो प्रायःजसो भान्छाकोठाको बेसिन, शौचालय आदिमा साथै भित्री तथा बाहिरी प्लम्बिङको लागि पनि प्रयोग गरिन्छ।

त्यस्तै पानीको मुख्य सप्लाई पाइप, हाइ प्रेसर पाइपिङ, र पानी जमेको ठाउँँमा पनि यसको उपयोग गरिन्छ। यसको घनत्व अन्य प्लास्टिक पाइपहरु भन्दा बढी हुन्छ। पि.भि.सी. पाइप बजारमा सजिलै उपलब्ध छ र मुल्य पनि आकर्षक हुनुको साथै टिकाउ र मजबुत पनि हुन्छ ।

आधुनिक प्रविधिको प्रयोगसँगै पुरानो पि.भि.सी.पाइपको तुलनामा अहिलेको पि.भि.सी. पाइप धेरै नैटिकाउ हुन्छ। धातुको प्रयोग नहुने हुनाले खिया लाग्ने समस्या हुँदैन। तामा र फलामको पाइपको तुलनामा यो पाइपलाई मर्मत सम्भारको आवश्यकता खासै पर्दैन र हलुका तौलको हुने भएकोले यिनीहरु ओसारपसारप्रयोग गर्न पनि सजिलो हुन्छ।
पि.भि.सी. पाइपका फाईदाहरु
१. खिया नलाग्ने
२. हानिकारक रसायनको प्रयोग नभएको
३ . अन्य पाइपको तुलनामा कम पानी जम्ने समस्या
४.जडान गर्न अत्यन्तै सजिलो
५. उचित मुल्य
६. नचुहिने
७ .अत्यधिक टिकाउ
८. भित्री सतह समतल भएकोले तीब्र पानीको बहाव

नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले यसलाई बजारमा ल्याएको छ। मंगलम्को हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन्।

मंगलम्को पि.भि.सि.पाइप प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीहरुको साथै घर–धनीहरु रनिर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ हो।बजारमा मंगलम्को पि.भि.सि.पाइपहरु २० मि.मि.देखि २५० मि.मि.को साइजमा उपलब्ध छन् । यिनीहरु क्ष्क्इ र नेपाल गुणस्तर मान्यता प्राप्त छन् ।

वि.सं.२०७८ पुस २९ बिहीवार १७:४७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...